प्रचण्ड झुठ बाेल्दै छन् , कांग्रेसले ८० सिटमा सहमति गरेकाे छैन : प्रवक्ता महत

मधेसखबर
वीरगन्ज ,२१ भदौं :आगामी निर्वाचनमा तालमेल गरेर जाने एक महिनाअघि निर्णय गरेको सत्ता गठबन्धन हालसम्म सिट बाँडफाँटको टुंगोमा पुग्न सकेको छैन।

गत साउन २२ गते बसेकाे गठबन्धनका शीर्ष नेताहरूको बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो।

त्यही बैठकले सिटको बाँडफाँट टुंग्याउन ११ सदस्यीय कार्यदल गठन गर्यो। यसबीचमा पटक–पटक कार्यदलको बैठक बसे पनि सिट बाँडफाँटबारे सत्ता गठबन्धन ठोस निष्कर्षमा पुग्न सकेको छैन।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलसहित शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन रह्यो।

बैठकपछि नेताहरूले ‘जहाँको त्यहीँ छौं, केही प्रगति भएको छैन’ प्रतिक्रिया दिए।

सिट बाँटफाँटका लागि घटक दलबीच रस्साकस्सी चलिरहेकै बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस ८० सिट वरपर चित्त बुझाउने संकेत गरेका छन्।

तर कांग्रेसले २०७४ सालको समानुपातिकतर्फ प्राप्त मत र वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको आधारमा १०० सिटमा दाबी गरिरहेको छ।

१६५ निर्वाचन क्षेत्रमध्ये माओवादी केन्द्रको ६०, एकीकृत समाजवादीको ४०, जसपाको ३२ र राष्ट्रिय जनमोर्चाको २ सिटमा दाबी छ।

घटक दलहरू आ–आफ्नो अडानबाट पछि नहट्ने संकेत गरिरहेका बेला प्रचण्डको भनाइ छुट्टै छ।

‘कांग्रेसले सुरूमा सय सिट भनेको थियो। अहिले ८० आसपास आउने सम्भावना बढ्दो छ। हामीले पनि ६० सिट भनेका छौं, त्यसक वरिपरि निर्णय हुन्छ,’ सोमबार धनगढी विमानस्थलमा पत्रकारहरूमाझ प्रचण्डले भने,‘समाजवादी र जसपाले २५ / २५ वरिपरि दाबी गरेको स्थिति छ। यसैलाई आधार बनाएर सहमति हुन्छ।’

प्रचण्डले भनिरहेअनुसार नै दलहरूको दाबीलाई हेर्ने हो भने १६५ सिट नाघिसकेको देखिन्छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महत ८० सिटमा कांग्रेसले मान्ने प्रचण्डको व्यक्तिगत प्रस्ताव रहेको बताउँछन्।

परिणामकेन्द्रित भएर सिट बाँडफाँट गर्नुपर्ने आफूहरूको प्रस्ताव रहेको महतको भनाइ छ।

‘त्यो प्रचण्डजीको प्रस्ताव हो। हामीले परिणामकेन्द्रित भएर बाँडफाँट गरौं भनिरहेका छौं,’ उनले भने।

महतकाअनुसार सिट बाँडफाँटमा सहमति जुटाउन कांग्रेस लचक हुन तयार छ। तर, त्यो लचकता पार्टीपंक्तिले पनि मान्नुपर्ने उनको भनाइ छ।

‘हामी लचकता अपनाउन तयार छौं, तर त्यस्तो लचकता पार्टी पंक्तिले मान्ने किसिमको नभए भोटमा परिणत हुँदैन। अन्त्यमा क्षति गठबन्धनलाई नै हुन्छ,’ महतले भने।

प्रचण्डले भनिरहे जस्तो कांग्रेस ८० सिट लिन तयारभए बाँकी रहेका ८५ सिटमा गठबन्धनका अरू दलबीच भागबन्डा हुनेछ।

माओवादी केन्द्रले ६० वरिपरि पाउने प्रचण्डको भनाइ छ। त्यसो भए बाँकी रहेका २५ सिट एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच बाँड्नुपर्ने हुन्छ।

त्यस हिसाबले एकीकृत समाजवादी र जसपाले १०–१२ भन्दा बढी सिट पाउने सम्भावना देखिँदैन।

कांग्रेसका एक नेता भन्छन्,‘बाँडफाँटमा सहमति जुटेको छैन, सहमतिमा पुग्न ज्यादै गाह्रो देखिन्छ।’

समानुपातिक तर्फको सूची बुझाउने समय घर्किइरहेको बेला सिट बाँडफाँटको बखेडामा फसेपछि गठबन्धनको भविष्यमाथि घटक दलका नेताहरूले नै प्रश्न उठाउन थालेका छन्।

गठबन्धनभित्र सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्विकारोक्ति छ।

‘सिट बाँडफाँटको विषय पेचिलो बनेको छ। तालमेल गर्दै अघि बढ्दै जाने क्रममा हामी सिट बाँडफाँट गर्न चाहिरहेका छौं,’ मंगलबार पार्टीनिकट नेपाल दलित मुक्ति संगठनको कार्यक्रममा उनले भने,‘यो कति सम्भव छ, कति सम्भव छैन भन्नेबारेमा प्रश्न उठेको छ।’

नेता नेपालले बेलाबेला गठबन्धनभित्र कांग्रेसले बढी सिट दाबी गरेर दम्भ देखाइरहेको आरोपसमेत लगाउँदै आएका छन्।

त्यसको जवाफमा कांग्रेस प्रवक्ता महत भन्छन्,‘उहाँले किन त्यस्तो भनिरहनुभएको छ थाहा छैन। हामी लचक हुन तयार नै छौं। तर, त्यो मत आधारसँग मिल्दो पनि त हुनुपरयो।’ साभार: आयाेमेल

The post प्रचण्ड झुठ बाेल्दै छन् , कांग्रेसले ८० सिटमा सहमति गरेकाे छैन : प्रवक्ता महत appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: प्रचण्ड झुठ बाेल्दै छन् , कांग्रेसले ८० सिटमा सहमति गरेकाे छैन : प्रवक्ता महत
प्रचण्ड झुठ बाेल्दै छन् , कांग्रेसले ८० सिटमा सहमति गरेकाे छैन : प्रवक्ता महत
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/09/IMG_20220906_165830.jpg?resize=1004%2C620&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/09/blog-post_99.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/09/blog-post_99.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy