![](https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/05/nepal-vs-jimbabwe_20220507140230.jpg?resize=1024%2C681&ssl=1)
मधेसखबर
वीरगन्ज,२०भदौं : नेपालले केन्यासँगको एक दिवसीय क्रिकेट शृंखला क्लिन स्वीप गरेको छ ।
तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा साेमबार घरेलु टोली केन्यालाई ६ विकेटले हराउँदै नेपालले शृंखला क्लिन स्वीप गरेको हो ।
नेपालले जितका लागि पाएको २५६ रनको लक्ष्य ४७.१ ओभरमा ४ विकेट गुमाएर भेट्टाएकाे हाे ।
नेपाललाई जिताउन ओपनरद्वय अर्जुन साउद र आसिफ शेख तथा बसिर अहमदले अर्धशतकीय पारी खेलेका थिए ।
साउद ५८ तथा शेख ५६ रनमा आउट भए भने अहमद ५२ रनमा नट आउट रहे । नट आउट रहेका अर्का ब्याट्सम्यान रोहितकुमार पौडेलले ४६ रन बनाए । ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट भए ।
यसअघि टस जितेर पहिला व्याटिङ गरेकाे घरेलु टाेली केन्याले ५० ओभरमा ९ विकेट गुमाउदै २५५ रन बनाएकाे थियाे ।
The post केन्यासँगकाे वान डे सिरिज नेपालद्वारा क्लिन स्वीप appeared first on Madhes Khabar.