![](https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/09/IMG_20220918_194717.jpg?resize=300%2C148&ssl=1)
मधेसखबर
वीरगन्ज ,०२ असाेज : पर्साकाे दाेश्रो सदरमुकामका रुपमा परिचित पाखरीयामा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरि बनाइएका घर ,टहरा लगायतका संरचना हटाउन तीन दिने सुचना जारी गरिएकाे छ ।
काठमाडौं सहित देशका ठुला शहरहरुमा सार्वजनिक जग्गा ,सडक र नाला अतिक्रमण गरि बनाइएका संचरना हटाउन स्थानीय सरकारले अभियान चलाइ रहेका बेला पाेखरीया नगरपालिकाले पनि याे तीन दिने सुचना जारी गरेकाे हाे ।
आइतबार पाेखरीया नगरपालिकाले एक सुचना जारी गर्दै सार्वजनिक जग्गा र सडक अतिक्रमण गरि बनाइएका घर,टहरा लगायतका संरचना तीन दिन भित्र हटाउन सम्बन्धित व्याक्तीहरुलाइ निर्देशन दिएकाे छ । यदि याे सुचना जारी भएकाे मितिले तीन दपन भित्र त्यस्ता संरचना नहटाइए नेपालकाे कानुन अनुसार नगरपालिका आफैले भत्काएर हटाउने चेतावनी पनि पाेखरीया नगरपालिकाले दिएकाे छ ।
प्रमुख प्रशासकीय अधिकृत अशाेक राैनियारले जारी गरेकाे सुचनामा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरि बनाइएका संरचना हटाउन यसअघि पनि सुचना मार्फत आग्रह गरिएकाे भए पनि सम्बन्धित व्याक्तीहरुले नटेरेका कारण आइतबार पुन तीन दिने सुचना जारी गरिएको र त्यस्ता संचरना नहटाइए चाैथाे दिन देखि नगरपालिका आफैंले ती संरचना हटाउन बाध्य हुने उल्लेख छ।
The post बालेनकाे असर पाेखरीयामा पनि : अतिक्रमण हटाउन तीन दिने सुचना जारी appeared first on Madhes Khabar.