मधेसखबर
वीरगन्ज ,१० असाेज : पर्साकाे ठोरी गाउँपालिका वडा नम्बर २ मा जारी दसैंकप नकाउट फूटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा प्रतिभा युवा क्लब ठोरी ४ र आयोजक वनशक्ती युवा क्लब विजयी भएका छन्।
साेमबार भएको पहिलो खेलमा अमृत युवा क्लब ठोरी २ लाई २-० गोल अन्तरले प्रतिभा युवा कल्बले पराजित हो।प्रतिभाका लागि रोहन थापा र साजन तामाङले गोल गरेका हुन्।पहिलो खेलको म्यानअफदी म्याच प्रतिभा युवा क्लबका रोहन थापा घोषित भए।
साेमबार नै भएकाे दोस्रो खेलमा वनशक्ती युवा क्लब बि ठोरी २ ले दीप ज्योति युवा क्लब ठोरी १ लाई ५-० गोलान्तरले पराजित गरेको हाे।बनशक्तिको लागि प्रशान्त तमाङ्गले ३ गोल र निरज श्रेष्ठले २ गोल गरेका हुन्।दोस्रो खेलको म्यानअफ दी म्याच वनशक्तिका जर्सी नम्बर १० का दिपेश लामिछाने घोषित भए।
मङ्गलबारकाे पहिलो खेल बनशक्ती युवा क्लब ए र युवा हरियाली क्लब हनुमान नगर बिच हुनेछ । दोस्रो खेल मून स्टार युवा क्लब र ब्रह्मज्योति युवा क्लब बिच हुने आयोजक समितिका कोषाध्यक्ष विशाल क्षेत्रीले जानकारी दिए।
१६ ओटा क्लबको सहभागिता रहेको प्रतियोगिताकाे फाइनल खेल असोज २१ गते हुनेछ ।उपाधि बवजेता टिमलाई नगद ६० हजार,शिल्ड,मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ तथा उपबवजेता टिमलाई नगद र ३० हजार,शिल्ड,मेडल एवं प्रमाणपत्र प्रदान गरिने छ ।
The post ठाेरीमा दसैंकप फुटबल : प्रतिभा र वनशक्ती युवा क्लब विजयी appeared first on Madhes Khabar.