वीरगन्ज आएर उपेन्द्र यादवले भने : हैसियत अनुसार सिट नपाए जसपा एक्लै चुनाव लड्छ

मधेसखबर
वीरगन्ज,२२ भदौं : जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा उपेक्षा गरिए जसपा एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् ।

वीरगन्जमा बुधबार जसपाको अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै अध्यक्ष यादवले भने ,‘ गठबन्धनको बैठकमा सिट बाडफाडको छलफल हुदा जसपालाइ उपेक्षा गरिएको जस्तो महशुस हुन्छ , यदि साच्चै उपेक्षा गरियो भने जसपा एक्लै चुनाव लड्न तयार छ ।यादवले जसपाको हैसियत अनुसार सिट बाडफाँड नगरिए एक्लै चुनाव लड्ने उद्घोष गर्दै त्यहि अनुसारको तयारीमा लाग्न नेता कार्यकर्तालाइ निर्देशन पनि दिए ।

आफुहरु गठबन्धनको विरोधी नभएको प्रस्ट्याउदै उनले अहिलेको गठबन्धनलाइ निरन्तरता दिनु पर्ने आजको आवश्यकता भएको बताए । उनले भने ,‘ प्रतिगमनकारी शक्तिहरु फेरि पनि सल्बलाउन खोजी रहेका छन् , त्यसैले उनिहरुले फेरि टाउको नउठाउन भनेर अहिलेको गठबन्धनलाइ निरन्तरता दिनु आजको आवश्यकता हो ।

अध्यक्ष यादवले आगामी निर्वाचनमा संघीयता र गणतन्त्र विरोधी प्रतिगमनकारी शक्तिलाइ जसरी भएपनि परास्त गर्नु पर्ने पनि बताए । त्यसका लागि पनि गठबन्धनलाइ निरन्तरता दिनु अहिलेको आवश्यकता भएको उनले बताए ।
आगामी निर्वाचनमा संघीयता र गणतन्त्रका पक्षधरहरु पराजित भए प्रतिगमनकारी शक्तिले संघीयता र लोकतन्त्रलाइ समाप्त पार्ने र मधेस फेरि गुलाम (नोकर) बन्ने खतरा रहेको यादवले बताए ।

संघीयता र गणतन्त्रको जननी मधेसी दल रहेको दाबी गर्दै उनले मधेस विद्रोहकै कारण मुलुकमा संघीयता र गणतन्त्र आएको बताए । यादवले भने,‘ मधेस विद्रोहकै कारण संघीयता र गणतन्त्र आएको हो , यदि मधेस विद्रोह नभएको भए यो देशमा न संघीयता आउथ्यो न गणतन्त्र नै ।त्यसैले संघीयता , गणतन्त्र लगायतका प्राप्त राजनीतिक उपलब्धीको रक्षा गर्ने मुख्य अभिारा जसपाकै भएको उनले बताए ।

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलालाइ जसपाका राजनीतिक समिति सदस्यहरु हरिनारायण रौनीयार, देवेन्द्र मिश्रा , बालकिशोर यादव ,मोहन चौधरी , केन्द्रिय सदस्य करिमा बेगम , सलमा खातुन ,जिल्ला इन्चार्ज सिंहासन साह कलवार लगायतकाले पनि सम्बोधन गरेको जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।

The post वीरगन्ज आएर उपेन्द्र यादवले भने : हैसियत अनुसार सिट नपाए जसपा एक्लै चुनाव लड्छ appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्ज आएर उपेन्द्र यादवले भने : हैसियत अनुसार सिट नपाए जसपा एक्लै चुनाव लड्छ
वीरगन्ज आएर उपेन्द्र यादवले भने : हैसियत अनुसार सिट नपाए जसपा एक्लै चुनाव लड्छ
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/09/upendra-34.jpg?resize=1024%2C579&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/09/blog-post_68.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/09/blog-post_68.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy