सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष यादव माथि आक्रमणको प्रयास

मधेसखबर
वीरगन्ज ,१० असाेज: पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवमाथि आक्रमणको प्रयास भएको छ । आइतबार बेलुकी वडा नंबर २ मा रहेको गाउँपालिका कार्यालयबाट वडा नंंवर ६ स्थित घर फर्किंदै गर्दा यादव माथि आक्रमणको प्रयास भएको हो ।

१०/१२ जनाको संख्यामा रहेका समूहको आक्रमणबाट अध्यक्ष यादवसँगै रहेका ऋषिकुमार सहनी र नगेन्द्रप्रसाद यादव घाइते भएका छन् । सहनीको हात भाँचिएको छ भने यादवको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

आक्रमणबाट अध्यक्ष सवार गाउँपालिका कार्यालयको ना १ झ १६८७ नम्बरको गाडीको सिसा फुटेको छ भने ना २ च ८६६ नम्बरको निजी कारमा आगजनी गरिएको छ ।
कार्यालयबाट घर फर्किने क्रममा ज्यान मार्ने उद्देश्यले आफूमाथि आक्रमण गरेको अध्यक्ष यादवले बताए । ‘कार्यालयबाट घर फर्कंदै थिएँ, सखुवाप्रसौनी–५ बलुवा पुग्ने बित्तिकै १०/१२ जनाको संख्यामा आएका गुण्डा प्रवृत्तिका मानिसहरुले आक्रमण गरे’, उनले भने, ‘मलाई त केही भएको छैन, तर दुई जना घाइते भएका छन् ।’

गाउँपालिकाका प्रमोद यादव, अनिल पटेल, रामबाबु यादव लगायतले ज्यान मार्ने प्रयास गरेको अध्यक्ष यादवको आरोप छ ।

उनका अनुसार दिँउसो कार्यालयमा केही व्यक्तिले  होहल्ला गर्नुको साथै कर्मचारीमाथि दुव्र्यवहार गरेका थिए । सम्झाइ–बुझाइ गर्दा नमानेपछि प्रहरी बोलाएर एक जनालाई पक्राउ गरिएको थियो । त्यसैको प्रतिशोधमा आफूमाथि आक्रमण भएको हुनसक्ने यादवले बताए ।

स्रोतका अनुसार लोसपाबाट एमालेमा प्रवेश गरेका प्रदेशसभा सदस्य प्रल्हाद गिरीको नाति पर्ने ‘बुलेट’ भनिने दीपरञ्जन गिरी आइतबार दिउँसो गाउँपालिका कार्यालय गएका थिए । केही दिन पहिले राजुराज गिरी भन्ने गिरी परिवारका एक सदस्यले फेसबुकमा गाउँपालिकाको गाडी दुरुपयोग भएको विषयमा ‘स्टाटस’ राखेका थिए ।

त्यहि विषयलाई लिएर गाउँपालिका अध्यक्ष यादवका भाइ बलवन्त यादवले दीपरञ्जनलाई आक्रमण गर्नुका साथै प्रहरी बोलाएर पक्राउ गर्न लगाएका थिए । त्यसक्रममा जसपाका दीपलाल साह गोढको टाउकोमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि आक्रोशमा आएका समूहले अध्यक्ष यादवमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् ।

प्रहरी उपरीक्षक उमेश बस्नेतले भने घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । ‘घटनाको जानकारी पाए गत्तै प्रहरी टोली परिचालन गरेर म स्वयम् पनि घटना स्थलमा पुगें’, उनले भने ‘घटनामा संलग्न १२ जनाको नाम आएको छ, ३ जनालाई पक्राउ गरिसकेका छौं ।साभार:अनलाइनखबर

The post सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष यादव माथि आक्रमणको प्रयास appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष यादव माथि आक्रमणको प्रयास
सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष यादव माथि आक्रमणको प्रयास
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/09/GridArt_20220926_074951127.jpg?resize=1024%2C576&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/09/blog-post_428.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/09/blog-post_428.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy