मधेसखबर
वीरगन्ज ,०९ असाेज : प्रमुख राजनीतिक दल निकटका विधार्थी संगठनहरुले विधार्थीकाे भविष्यसंग खेलवाड नगर्न वीरगन्जकाे गाैतम माविलाइ चेतावनी दएका छन् ।
नेविसंघ , अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी ) ले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर यस्ताे चेतावनी दिएका हुन् ।
तीन विधार्थी संगठनले जारी गरेकाे विज्ञप्तिमा गौतम माविले विगत केही समयदेखि विभिन्न शिर्षकमा विद्यार्थीहरुबाट अनावश्यक रकम असुल्दै आएको गुनासाे अभिभावकबाट आएपछि बुझ्न शनिबार विधालयमा जादा विधालय प्रशासनले बाउन्सर लगाएर , गुण्डागर्दी शैलीमा धाकधम्की दिएको र प्रशासनको प्रयोग गरेर मुद्दा दबाउने खोजेको उल्लेख छ ।
उक्त घटना पछि विधालय प्रशासनले गलत सूचना प्रवाह गरि अनिश्चितकालको लागि विधालय बन्द गरेर विद्यार्थीको भविष्यसंग खेलवाड गरेको विधार्थी संगठनहरुकाे भनाइ छ ।
त्यसैले अब पनि विधालयले यो सबै समस्याको बारेमा उचित जानकारी नगराए र गम्भीर रूपमा नलिए विधालयको विरुद्ध संघर्ष गर्न बाध्य हुने चेतावनी उनिहरुले दिएका छन् ।
विज्ञप्तिमा नेविसंका जिल्ला सभापति विकास तिवारी, अनेरास्ववियुका जिल्ला अध्यक्ष रियास अन्सारी र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिराेज अहमदले हस्ताक्षर गरेका छन् ।
The post विधार्थीकाे भविष्यसंग खेलवाड नगर्न गाैतम माविलाई विधार्थी संगठनहरुकाे चेतावनी appeared first on Madhes Khabar.