बीमा रकम नपाएपछि बाराका किसानहरु आन्दोलित

मधेसखबर
वीरगन्ज,१२ असोज : बाली बिमाको रकम नपाएपछि बाराको निजगढका केरा किसानहरु आन्दोलनमा उत्रिएका छन् । चाडबाड नजिकिंदै गर्दा समेत बाली क्षतिपूर्ति बापतको बीमा रकम नपाउँदा आर्थिक समस्यामा परेको भन्दै केरा किसानहरुले मङगलबार निजगढमा प्रदर्शन गरेका हुन् ।

हावाहुरी, असिनापानीका कारण केराको बोट ढलेर नष्ट भएकोमा क्षतिपूर्तिको लागि करीब ६ महीना सम्म पटक–पटक बीमा कम्पनीमा ताकेता गर्दा समेत अहिलेसम्म बीमा कम्पनीले रकम उपलब्ध नगराएको भन्दै किसानहरु आन्दोलित भएका हुन् ।

निजगढ नगरपालिका भित्र मात्रै लगभग १५ सय बिघामा केराखेती हुदै आएकाो । जसमा एक हजार भन्दा बढी व्यावसायिक केराखेती गर्ने किसानहरू आबद्ध रहेको बारा केरा तथा फलफूल उत्पादक व्यवसाय संघले जनाएको छ ।

निजगढका करीब अढाई सय केरा किसानले केराखेतीको बीमा गरेका छन् । निनजगढका किसानहरूले करीब चार करोड ५० लाख रुपैया बराबर क्षतिपूर्ति रकम पाउनुपर्ने बारा केरा तथा फलफूल उत्पादक व्यवसाय संघले जानकारी दिएको छ । हिमालयन–एभरेस्ट इन्स्योरेन्स कम्पनी मार्फत निजगढकाा केरा किसानहरूले केराखेतीको बीमा गरे पनि कम्पनीले विभिन्न बहाना देखाउँदै पीडित किसानहरूलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन ढिला गरिरहेको आन्दोलित किसानहरूको आरोप छ ।

 

यथाशीघ्र बीमा रकम उपलब्ध गराइदिन आग्रह गर्दै पीडित किसानहरूले बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई ज्ञापनपत्र पनि बुझाइसकेका छन् ।

हिमालयन–एभरेस्ट इन्स्योरेन्स कम्पनी, सिमराका प्रमुख शंकर पौडेलले भने किसानहरूलाई बीमा रकम समयमा नै उपलब्ध होस् भनी आवश्यक प्रक्रिया अघि बढाइ मुख्य कार्यालयमा फाइल समयमा नै पठाइसकेको बताए ।

 

कृषि बीमा निर्देशिकामा प्रतिकट्ठा ५५ बोट केराबाली लगाउन तोकिए पनि निजगढका किसानहरूले निर्देशिकामा तोकिएभन्दा बढी संख्यामा केराको बोट लगाउने गरेको पाइएको बीमा कम्पनीबाट खटाइएको सर्भे टोलीबाट जानकारीमा आएको शाखा प्रमुख पौडेलले बताए । तोकिएको संख्या भन्दा बढी बोटबाट उत्पादन लिन खोज्दा हावाहुरी, असिनापानी जस्ता प्राकृतिक विपत्तिमा उच्च क्षति हुने सम्भावना बढ्छ ।

 

पीडित किसानहरूलाई यथाशीघ्र बीमा रकम उपलब्ध गराउन भन्दै बारा केरा तथा फलफूल उत्पादक व्यवसाय संघका अध्यक्ष एकबहादुर श्रेष्ठ सहितको टोलीले सङ्घीय कृषिमन्त्री मृगेन्द्रकुमार सिंह र मन्त्रालयका सचिव गोविन्द शर्मासँग भेट गरी किसानहरूको समस्यालाई छिटो सम्बोधन गरी बीमा रकम उपलब्ध गराउन माग गरेको थियो ।

पीडित किसानहरूको समस्यालाई बेवास्ता गरे अझ सशक्त आन्दोलन गरिने संघका अध्यक्ष श्रेष्ठले चेतावनी दिएका छन् ।साभार : प्रतीक

The post बीमा रकम नपाएपछि बाराका किसानहरु आन्दोलित appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: बीमा रकम नपाएपछि बाराका किसानहरु आन्दोलित
बीमा रकम नपाएपछि बाराका किसानहरु आन्दोलित
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/09/nijgarh-1.jpg?resize=665%2C359&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/09/blog-post_347.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/09/blog-post_347.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy