एजेन्सी – मोहम्मद रिजवान र मोहम्मद नवाजको उत्कृष्ट प्रदर्शनमा पाकिस्तानले टि२० एसिया कप २०२२ को सुपर फोरमा भारतमाथि ५ विकेटको रोमान्चक र जित हात पारेको छ । योसँगै पाकिस्तानले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।
जितको लागि १८२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७१ रनको इनिङ खेले । मोहम्मद नवाजले २० बलमा ६ चौका र २ छक्कासहित ४२ रनको आक्रामक इनिङ खेले ।
पाकिस्तानलाई अन्तिम १२ बलमा २६ रन जितको लागि चाहिँएको थियो । १९ औं ओभरमा भुवनेश्वर कुमारले एक छक्का र दुई चौकासहित कुल १९ रन खर्चिएपछि भारतको जितको सम्भावना टाढिएको थियो । अर्शदीपसिंहले १८ औं ओभरको तेस्रो बलमा आसिफ अलीको सहज क्यान शून्यमा छाडेका थिए । जुन ठूलो भारी पर्यो । आसिफ अली ८ बलमा २ चौका र १ छक्कासहित १६ रनमा आउट भए ।
अन्तिम ६ बलमा जितको लागि ७ रन चाहिँएको थियो । अर्शदीप सिंहलाई दोस्रो बलमा आसिफ अलीले चौका हान्दै पाकिस्तानलाई जित नजिक पुर्याए । तेस्रो बल डट राखेपछि तीन बलमा दुई रन चाहिँएको थियो । चौथो बलमा आसिफ अली एलबीडब्लू आउट भए । पाँचौं बलमा इफ्तिखर अहमदले दुई रन बटुल्दै जित पक्का गराए । खुशदील शाह ११ बलमा १ चौकासहित १४ रनमा अविजित रहे ।
त्यसअघि दुबई इन्टरनेशल स्टेडियममा टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । भारतका विराट कोहलीले ४४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६० रनमा रन आउट भए । कोहलीको यो लगातार दोस्रो अर्धशतक हो । कोहलीले हङकङविरुद्ध ५९ रनको इनिङ खेलेका थिए ।
समूह चरणको खेलमा पाकिस्तान भारतसँग ५ विकेटले पराजित भएको थियो । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन् । सुपर फोरको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो ।
भारतले अव मंगलबार श्रीलंका र बिहीबार अफगानिस्तानसँग खेल्नेछ । पाकिस्तानले बुधबार अफगानिस्तान र शुक्रबार श्रीलंकासँग खेल्नेछ । शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन् । फाइनल आइतबार हुनेछ ।
The post भारत माथि पाकिस्तानकाे राेमान्चक जित appeared first on Madhes Khabar.