मधेसखबर
वीरगन्ज,११ असोज : विश्व पर्यटन दिवसको अवसरमा मङ्गलबार वीरगन्ज नाकामा सरसफाइ गर्नुका साथै भारतीय पर्यटकहरुलाइ स्वागत पनि गरिएको छ ।
विश्व पर्यटन दिवसको अवसरमा होटल व्यसायी संघ पर्साको अगुवाइमा भारतबाट नेपाल प्रवेश गर्ने नेपालकै मुख्य नाका वीरगन्जको इनर्वा नाकामा सरसफाइ र भारतीय पर्यटकहरुलाइ स्वागत गरिएको हो ।
त्यसक्रममा कार्यक्रममा सहभागीहरुले इनर्वा नाका स्थित शंकराचार्य प्रवेशद्वार र मितेरी पुलममा सरसफाइ गरे भने नेपाल घुम्न भारतको मोतीहारीबाट आएका पर्यटकहरुलाइ खादा लगाएर स्वागत पनि गरिएको संघका महासचिव तबरेज आलमले बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघ र वीरगन्ज महानगरपालिकाको सहकार्यमा भएको कार्यक्रममा मधेस विश्व विद्यालयका उपकुलपति डाक्टर दिपक शाक्य, लोकतान्त्रिक समाजवादी पार्टीका महानगर अध्यक्ष ओम प्रकाश सर्राफ , नेपाल पत्रकाार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, सामुदायिक सेवा केन्द्र छपकैयाका ग्यासु मियाँ ठकुराइ लगायतको पनि सहभागीता थियो ।
The post विश्व पर्यटन दिवसको अवसरमा वीरगन्ज नाकामा सरसफाइ र पर्यटकलाइ स्वागत appeared first on Madhes Khabar.