वनमन्त्री यादवद्वारा गृहनगर वीरगन्जमा मन्दिर र विवाह भवनको उद्घाटन

मधेसखबर
वीरगन्ज ,१८ भदौं : वन तथा वातावरणमन्त्री प्रदीप यादवले वीरगन्जमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्मित मन्दिर र विवाह भवनको उद्घाटन गरेका छन् ।

शनिबार गृहनगर वीरगन्ज आइपुगेका वनमन्त्री यादवले वीरगञ्ज-१५ भिस्वामा निर्मित शितलामाई मन्दिरको उद्घाटन गरेका हुन्।

यस्तै मन्त्री यादवले वडा नम्बर १५ भिस्वा र भेडियाहीमा निर्मित विवाह भवनको पनि उद्घाटन गरेका छन् ।

त्यसक्रममा मन्त्री यादवले निर्माण पश्चात मन्दिरको सुन्दरता बढ्नुका साथै त्यहाँ पुग्ने श्रद्धालुहरुलाई पूजाअर्चनामा सहजता हुने बताए । त्यसैगरी विवाह भवनले स्थानीयहरुलाई विवाह लगायतका धार्मिक, सांस्कृति र पारम्परिक कार्यक्रमहरु गर्न सहयोग पुग्ने उनले बताए ।

मन्त्री यादवकै संसदीय कोषको १५ लाख रुपैयाँको लागतमा मन्दिर र ३०/३० लाख रुपैयाँको लागतमा विवाह भवन निर्माण भएको उनका स्वकीय उपसचिव घनश्याम बाबु गुप्ताले जानकारी दिए।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार (अजय), वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला समन्वय समितिका पूर्वसभापति एंव जनता समाजवादी पार्टीका नेता नेक महोम्मद मियाँ, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादव लगायतको पनि सहभागिता रहेको थियो ।

The post वनमन्त्री यादवद्वारा गृहनगर वीरगन्जमा मन्दिर र विवाह भवनको उद्घाटन appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वनमन्त्री यादवद्वारा गृहनगर वीरगन्जमा मन्दिर र विवाह भवनको उद्घाटन
वनमन्त्री यादवद्वारा गृहनगर वीरगन्जमा मन्दिर र विवाह भवनको उद्घाटन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/09/IMG-20220903-WA0007.jpg?resize=1400%2C1051&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/09/blog-post_3.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/09/blog-post_3.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy