वीरगन्जवासीको समस्या सामधान नै मेरो पहिलो प्राथमिकता : मेयर सिंह

मधेसखबर
वीरगन्ज ,१७ भदौं : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जवासीको दैनिकीसँग जोडिएको समस्या समाधान गर्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

वीरगन्ज महानगरपालिकाको नेतृत्व सम्हालेको एक सय दिन पुरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गरेर सिंहले आफूले एक सय दिनको यो अवधिलाई जनताको सेवामा पुर्ण रुपमा सदुपयोग गरेको बताए ।

पत्रकार सम्मेलनमा महानगरपालिकाको तर्फबाट वितरित प्रेस विज्ञप्तिमा महानगरपालिकाले नयाँ नेतृत्व पाएको सय दिनको अवधिमा समृद्ध वीरगंज निर्माण तथा वीरगन्जवासीको समस्या समाधान गर्दै नगरवासीका जनजीविकासँग जोडिएका कामलाई प्राथमिकतामा राखेर अगाडी बढेको कुरा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा वीरगन्ज महानगरपालिकाबाट प्रदान गरिने कुनै पनि सेवाका लागि अनिवार्य शुल्क बाहेक विभिन्न बहानामा सेवाग्राहीसँग असुली गर्ने गलत अभ्यासलाई पूर्ण रुपमा अन्त्य गरिएको, सेवाग्राहीलाई गलत नियत राखी अल्झाउने पद्धतिको अन्त्य गरी छिटो छरितो सेवा प्रवाह गरिएको, कर्मचारी र जनप्रतिनिधिलाई मात्रै नभई सेवाग्राहीको सहजताका लागि एसी सहितको डिजिटल टोकनको व्यवस्था गरिएको, कर्मचारीहरू समयमा उपस्थित भए नभएको अनुगमन गर्न ई–हाजिरीको व्यवस्था गरिएको, महानगरपालिकाका प्रत्येक शाखामा सिसी टिभी क्यामरा जडान गरी नगर प्रमुखले प्रत्यक्ष रुपमा निरीक्षण गर्ने व्यवस्था मिलाइएको, महानगरका ३२ वटै वडामा सचिव र सहायक सचिव खटाई सेवाग्राहीलाई छिटो छरितो सेवा दिने व्यवस्था मिलाइएको उल्लेख छ ।

यस्तै महानगरपालिकाका प्रत्येक वडाको सेवालाई डिजिटल बनाइएको, कम्प्युटर अपरेटरको व्यवस्था गरी व्यवसाय कर, बहाल कर, एकिकृत सम्पत्ति कर वडाबाटै तिर्ने व्यवस्था मिलाइएको, सरसफाईको जिम्मा पनि वडामा नै विकेन्द्रित गरिएको, वीरगन्जलाई मैत्री सहरको रुपमा विकास गर्न सवारी व्यवस्थापन कर खारेज गरिएको, फुटपाथमा अवैध रुपमा राखिएको निर्माण जन्य सामग्री हटाउने र छाडा चौपाया नियन्त्रण जरिवाना गर्ने व्यवस्था कडा रुपमा कार्यान्वयन गरिएको, नगर क्षेत्रका किसानलाई आवश्यक मलको व्यवस्था मिलाइएको, धार्मिक स्थलको सौन्दर्यीकरण कार्यक्रम अगाडी बढाइएको, नगरलाई हरियाली बनाउन बाइपास सडक खण्डमा वृक्षारोपण गरिएको लगायतका विभिन्न २३ बुँदे कार्यलाई महानगरपालिकाले अगाडी बढाएको उल्लेख छ ।

पत्रकार सम्मेलनमा मेयर सिंहले गत साउन महिनामा महानगरपालिकाले ५५ लाख रुपैया कर असुली गरेको र वीरगन्जका ठूला व्यापारी घरानाबाट मात्रै साढे ६ करोड भन्दा बढी घर बहाल कर असुली गर्न बाँकी रहेको हुँदा यसलाई तत्काल कडा कदम चालेर भए पनि असुल उपर गरिने बताए ।

मेयर सिंहले यस अघि निर्वाचित जनप्रतिनिधिले महानगरको ठूलो रकम हिनामिना गरेको हुँदा कारबाहीको दायरमा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह समेत गरिएको बताउनु भयो ।

पत्रकार सम्मेलन वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलको पनि उपस्थिति रहेको थियो ।

The post वीरगन्जवासीको समस्या सामधान नै मेरो पहिलो प्राथमिकता : मेयर सिंह appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्जवासीको समस्या सामधान नै मेरो पहिलो प्राथमिकता : मेयर सिंह
वीरगन्जवासीको समस्या सामधान नै मेरो पहिलो प्राथमिकता : मेयर सिंह
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/09/IMG-20220902-WA00271.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/09/blog-post_22.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/09/blog-post_22.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy