जब सम्म लाइन कट्ने समस्या सामधान हुदैन तब सम्म इन्डक्सन चुल्होकाे प्रयाेग बढाउन सकिँदैन : मेयर सिंह

मधेसखबर
वीरगन्ज,२८ भदौं : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले विधुतीय चुल्हाे (इन्डक्सन चुल्हाे) काे प्रयाेग बढाउन सबैभन्दा पहिले विधुत आपूर्तिमा विद्यमान समस्या सामधान गरिनु पर्ने बताएका छन् ।

वीरगन्जमा मङ्गलबार राय्ट्रिय आयाेजना आयाेगकाे समन्वयमा क्लीन कुकीङ एलायन्सले आयाेजना गरेकाे खाना पकाउने स्वच्छ विधुतीय उर्जाकाे प्रबर्द्धन विषयक छलफल कार्यक्रममा बाेल्दै मेयर सिंहले यस्ताे बताएका हुन् ।

उनले भने,जब सम्म छिन छिनमा लाइन कट्ने समस्याबाट मुक्ति पाइदैन तब सम्म विद्युतीय चुल्हाेकाे प्रयाेग बढाउन सकिँदैन ।

उनले वीरगन्जमा अिहले पनि छिन छिनमा लाइन कट्ने समस्याण विद्यमान नै रहेकाे बताए । याे समस्या सामधानका लागि आफुले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै भेटेर ध्यानाकर्षण गराइसकेकाे भएपनि वीरगन्जमा अझै विद्युत आपूर्तिमा रहेकाे समस्या पूर्णरूपमा समाधान नभएकाे उनले बताए ।

नेपाल सरकारले २० युनिट विद्युत निशुल्क गरेकाे र वीरगन्ज महानरपालिकाले साउन देखि ३० युनिट विद्युत निशुल्क गरेकाले वीरगन्जका उपभोक्ताले महिनामा ५० प्रतिशत विद्युत निशुल्क पाइरहेकाले विद्युतीय चुल्हाेकाे प्रयाेग बढाउने अभियानलाइ केही हदसम्म सहज हुने उनले बताए ।

विद्युतीय चुल्हाेकाे प्रयाेग बढाउने अभियानलाई वीरगन्ज महानगरपालिकाले आफनाे तर्फबाट सक्दाे सहयाेग गर्ने प्रतिबद्धता पनि मेयर सिंहले जनाए ।

कार्यक्रममा नीति फाउन्डेसनका प्रबन्ध निर्देशक माेहनदास मानन्धरले सरकारले अनुदान दिन्छ भनेर कुर्नु भन्दा नागरिक आफैले विद्युतीय चुल्हाे किनेर प्रयाेग गर्नुपर्ने बताए । उनले एलपीजी ग्याँस भन्दा विद्युतीय चुल्हाेकाे प्रयाेग गर्दा धेरै फाइदा हुने भएकाले यसकाे प्रयाेग गर्न सुझाव दिए ।
विद्युतीय चुल्होकाे प्रयाेग गर्दा एलपिजी ग्याँसकाे भन्दा कम खर्च लाग्ने , स्वास्थ्यमा समेत हानी नपुग्ने , इन्धन आयातमा विदेशीने मुद्रा पनि कम गर्न सकिने उनले बताए ।उनले अहिले नेपालमा विद्युतकाे उत्पादन पनि बढ्दै गइरहेकाले विद्युतीय चुल्हाेकाे प्रयाेग बढाउदा उर्जाकाे संकट नहुने उनले बताए ।

जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष पुरन कुर्मीकाे अध्यक्षता एंव राष्ट्रिय याेजना आयाेगका सदस्य डाक्टर सुरेन्द्र लाल कर्णकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पाैडेल ,नेपाल रेडक्रस साेसाइटी मधेस प्रदेशका अध्यक्ष फुलमहम्मद मिया, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक डिल्लीराज सापकाेटा, विभिन्न गैर सरकारी संघसंस्थाका प्रतिनिधि , गृहिणी महिला लगायतकाे सहभागीता थियाे ।

The post जब सम्म लाइन कट्ने समस्या सामधान हुदैन तब सम्म इन्डक्सन चुल्होकाे प्रयाेग बढाउन सकिँदैन : मेयर सिंह appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: जब सम्म लाइन कट्ने समस्या सामधान हुदैन तब सम्म इन्डक्सन चुल्होकाे प्रयाेग बढाउन सकिँदैन : मेयर सिंह
जब सम्म लाइन कट्ने समस्या सामधान हुदैन तब सम्म इन्डक्सन चुल्होकाे प्रयाेग बढाउन सकिँदैन : मेयर सिंह
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/09/IMG_20220913_093901.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/09/blog-post_13.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/09/blog-post_13.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy