पर्साका थारु महिलाहरु फुर्सदमा ढकिया , डेलुवा बनाएर मनग्य आम्दानी गर्दै

 

माधुरी महतो
वीरगन्ज , १६ साउन : थारु समुदायका महिलाहरूले फुर्सदको समय परम्परागत सीपको उपयोग गर्दै घरायसी प्रयोजन र सजावटका विभिन्न सामाग्री बुन्ने काममा लगाईरहेका छन् ।यो कामबाट उनिहरुले मनग्य आम्दानी पनि गरिरहेका छन् ।

 

फुर्सदको समय सदुपयोग गर्दै ढकिया, नुइया ,डेलुवा बुन्ने र विक्री पनि गर्ने कार्यमा व्यस्त रहेकी पर्साको जीराभवानीकी प्रतिमा चौधरी भन्छिन् ,“जंगलबाट कास लिएर आउछौँ , रंगेर अनि सुकाएर विभिन्न रंगीन नुईला , डलीया , सुप्पा , टोपी लगायतका सामाग्री बुन्ने काम गर्छौ ।उनी थप्छिन् ,‘ आफ्नो ईच्छा र अभ्यास चाहीन्छ , चाडवाड , विहेवारी , सगुन सबै कार्यमा काम लाग्ने सामाग्री हो यो । अहिले पछिल्लो समय त विक्री पनि हुन थालेको छ । धेरै महगोमा विक्री हुने गरेका छन् यी सामाग्री” ।

 

खासगरी थारु समुदायमा छोरीको विवाह वा गाउँलेको घरमा हुने विहेवारी ,पुजापाठ तथा आफन्तको विवाह पुजापाठमा यी बनिएका तथा बनाईएका विभिन्न सामाग्री सगुनको रुपमा दिने प्रचलन रहदै आएको र यसले थारु समुदायको मौलिक पहिचान तथा संस्कृती झल्काउने भएकोले यसलाई निरन्तरता दिन पनि बुन्ने कार्यमा अझ निखारता ल्याएको र यसले केही आर्थिक उपार्जनमा पनि मदत भएको मनोरमा चौधरी बताउँछिन् ।

थारु समुदायमा प्रायः विवाहका साथै आयोजना हुने विभिन्न कार्यक्रममा सजावट सामाग्रीको रुपमा पनि प्रयोग हुने गरेको उनीहरु बताउँछन् । ढकिया, नुइँया, डेलुवा काँस बाट तथा बाँस, जुट लगायतको प्रयोग गरेर पनि त्यस्ता सामग्री बनाउने गरिएको उनीहरुले बताएका छन् ।

 

परम्परागत सीप प्रयोग गरेर केहीले व्यक्तिगत प्रयोजनका लागि त्यस्ता सामग्री बनाउने गरेका छन् भने कतिपयले बिक्री समेत गर्ने गरेको थारु समुदायका महिलाहरु बताउँछन् ।प्रती सामाग्रीको डिजाईन् र लागेको मेहनतको हिसाबले मुल्य तोक्ने गरेको सुनाउदै भन्छिन् , “ दउरी , पथीया,डलीया , गेटमा हाल्ने सामाग्री लगायतका सामाग्री बुन्छौँ । आफुले कस्तो खालको आकर्षक डिजाईन सम्म बनाउन सक्छौँ । अफ्नो हातको कलामा भर पर्छ । बजार खोज्नै जान पर्दैन । विभिन्न नया डिजाईन मात्रै दिन सके त घरमै आएर सबै सामागरु्री लिएर जान्छन् । ”

छोरीको विवाहका लागि मानिसहरू विभिन्न यस्ता सामाग्री किन्न आउने र गाउँघर आसपास रहेका होमस्टे लगायतका होटल लगायतमा पनि सजावटको लागि पनि बिक्री हुने महिलाहरु बताउँछन् ।

 

पहिलेदेखि नै ढकीया लगायतका सामान बुन्ने ,बनाउने थारु समुदायका महिलाहरु परम्परागत रुपमा बुन्दै आएको उतm सामाग्रीमा कच्चा पदार्थवाट आधुनिक डिजाइनका सजावटका सामान पनि बुन्न थालेपछि यसको माग पनि बढेको र थारु समुदायको मौलिक सांस्कृतीक परम्परालाई पनि निरन्तरता दिन सकिएको उनीहरुको भनाई छ ।

सिप, कला संस्कृतिलाई व्यवसायीकरण गर्दै आर्थिक अयआर्जनको पेशा संग पनि जोडेर अगाडी वढेको अनुभव सुनाउदै पर्सा पटेर्वासुगौलीकी कमला राय दास थारु भन्छिन् , “ फुर्सदको समयमा सबै सामाग्री बनाउँछौँ । राम्रो आकर्षक फुल बुटट दिन सके त झन् महगोमा हामीले विक्री गर्ने गरेका छौँ । ”

कुनै पनि कार्यमा विहेवारी , सगुन , सामान राख्न वा अरुलाई उपहार दिन सबै कार्यमा यी सामाग्रीहरु काम लाग्ने गरेका छन् । र अहिले त अरु समुदायका मानिसहरुले र आफ्नै समुदायमा पनि बुन्न नजान्ने मानिसहरु विभिन्न सामाग्रीको लागि अर्डर समेत दिएर जाने गरेका छन् ।सानै देखी बुन्दै आएका छौ हामी यो ।यहासम्म की कुनै सामाग्री मिलामा लैजान बजारमा लैजान पनि प्रयोग गर्ने गरीएको छ ।

 

थारू समुदाय भित्र रहेको मौलिक कला संस्कृतिहरु लोप हुने संघरमा पुगेको बताउदै थारु समुदाय क्रियाशिल भएर आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउन हस्तकला सामाग्री बुन्ने र बेच्ने तथा उपहारमा दिने कार्यलाई निरन्तरता दिन थालेको बताउँछन् ।

यसले थारु समुदायकै पहिचान बचाउन मदत हुने र महिला सशतिmकरण पनि हुने सामाजिक अभियन्ता चौधरी.रामशरण खवास थारु बताउँछन् ।

जानेका महिलाहरुले नजानेका आफ्ना सन्तान आफन्त तथा साथीसहेलीलाई सिकाउने गरेको र नजानेका सिक्न इच्छुक बालकालिका ,किशोरीहरुले ध्यान दिएर सिक्ने गरेको महिलाहरु बताउँछन् ।

 

थारू समुदायको आफ्नै भाषा, संस्कृति, रहनसहन, रीतिरिवाज, लिपि तथा इतिहास रहेको छ । सोहीअनुसार हस्तकलामा पनि थारु समुदाय धेरै अगाडि रहेको थारु समुदायका महिलाहरु बताउँछन् ।

पछिल्लो समय थारु समुदायले निर्माण गर्ने हस्तकला र हस्तकलाबाट निर्मित सामग्रीहरु लोप हुन थालिसकेको अवस्थामा पनि केही महिलाहरु भने यसको संरक्षणमा लागि परेको बताउँछन् ।

 

The post पर्साका थारु महिलाहरु फुर्सदमा ढकिया , डेलुवा बनाएर मनग्य आम्दानी गर्दै appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पर्साका थारु महिलाहरु फुर्सदमा ढकिया , डेलुवा बनाएर मनग्य आम्दानी गर्दै
पर्साका थारु महिलाहरु फुर्सदमा ढकिया , डेलुवा बनाएर मनग्य आम्दानी गर्दै
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/08/1659348726000.jpg?resize=1024%2C768&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/08/blog-post_85.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/08/blog-post_85.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy