मधेसखबर
वीरगन्ज , २१ साउन : भोजपुरी भाषामा लेखिएका दुइ पुस्तकको शनिबार वीरगन्जमा विमोचन गरिएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्ब सदस्य एंव गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाको भोजपुरी भाषाका साहित्यकार दिनेश गुप्ताले भोजपुरी भाषमा लेखेका सुतल अब ठिक नैखे नामक गजल संग्रह र हिरोशिमा नामक हाइकु संग्रहको विमोचन गरिएको हो ।
वीरगन्जको कलवार कल्याण समितिको अतिथी सदनमा शनिबार बिहान आयोजित कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतकाले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
त्यसअवसरमा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठ , वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ता , नेपाल भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्धिवेदी लगायतको पनि उपस्थिती रहेको थियो ।
The post भोजपुरी भाषामा लेखिएका दुइ पुस्तकको वीरगन्जमा विमोचन appeared first on Madhes Khabar.