मधेसखबर
वीरगन्ज ,११ भदौ : संघीय सांसद प्रदीप यादवको निर्वाचन क्षेत्र नम्मबर १ को ग्रामीण भेगमा साढे २० करोड भन्दा बढिको लागतमा निर्माण हुन लागेको कालोपत्रे सडकको शिलान्याश गरिएको छ ।
पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगन्जको ड्राइपोर्ट सडक देखि मनियारी, भवानीपुरको नहर रोड हुदै जगरनाथपुरको ड्राइपोर्ट तथा इटियाही हुदै गण्डक नहरको राजगमार्ग सम्म गरि करिब साढे ६ किलो मिटर कालोपत्रे सडक निर्माण गर्न थालिएको हो ।
उक्त कालोपत्रे सडक निर्माणको शनिबार मन्त्री यादवले शिलान्याश गरेका हुन् । त्यस अवसरमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , प्रदेशसभा सदस्यहरु करिमा बेगम , जन्नत अन्सारी लगायतको पनि सहभागीता रहेको थियो ।
कालो पत्रे सडक निर्माणको शिलान्याश गर्दै मन्त्री यादवले वर्षौंको पर्खाइ पश्चात यस क्षेत्रका जनता सडक सञ्जालसँग जोडिने भएको बताए । यस सडक निर्माणले महानगरका ग्रामीण वडाको समृद्धिमा ठूलो टेवा पुग्ने र यहाँका कृषकहरुको उत्पादनले पनि सहज रुपले बजार पाउने विश्वास लिएको उनले बताए । उनले सडक निर्माणको काम निर्धारित समय भित्रै सकाउन सडक डिभिजन कार्यालय र ठेकदार कम्पनिलाई निर्देशन पनि दिए ।
सडक निर्माणको ठेक्का हिम सगरमाथा समा जेभी वीरगन्जले २० करोड ५७ लाख २१ ह्जार रुपैयाको लागतमा सकारेको छ । सडक निर्माणको काम २०८१ साल पुष मसान्त भित्र सक्नु पर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।
The post मन्त्री यादवको क्षेत्रमा साढे २० करोडको लागतमा कालोपत्रे सडक निर्माण हुदै appeared first on Madhes Khabar.