अस्पताल र डाक्टरलाइ बदनाम गरिए आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी

मधेसखबर
वीरगन्ज, ०६ भदौं : नेपाल चिकित्सक संघले बिरामीको उपचारमा डाक्टरले लापरवाही गरेको भनेर लगाइएको आरोपको खण्डन गरेको छ ।

सोमबार वीरगन्जमा पत्रकार सम्मेलन गरि संघले वीरगन्ज हेल्थ केयरमा कार्यरत डाक्टर आसिफ अन्सारीको पेशागत र व्याक्तिगत चरित्र हत्या हुने गरि बिरामीका आफन्त र केहि मिडियाले भ्रामक हल्ला फैलाएको प्रति आपत्ति समेत जनाएको छ ।

पर्साको छिपहरमाइ गाँउपालिका २ चेरगाहाका ३२ वर्षिय फिरोज मियाँको पित्त थैलीमा रहेको पत्थरीको शल्यकृया वीरगन्ज हेल्थ केयर हस्पिटलमा साउन २६ गते भएको थियो । शल्यकृया भइसकेपछि उनको स्वास्थ्य अवस्था जटिल बनेपपछि थप उपचारका लागि उनलाइ काठमाण्डौको मेडिसिटी अस्पतालमा पठाइएकोमा उपचारकै क्रममा उनको आइतबार राति मृत्यु भएको थियो ।

त्यहि विषयलाइ लिएर मृतक मियाँका आफन्तहरुले शल्यकृयाका क्रममा डाक्टर अन्सारीले लापरवाही गरेको आरोप लगाउदै वीरगन्जमा आइतबार प्रदर्शन पनि गरेका थिए ।

तर सोमबारको पत्रकार सम्मेलनमा चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डाक्टर मनोज गुप्ताले भने मृतकका आफन्तले लगाएको आरोपको खण्डन गर्दै डाक्टर अन्सारीको पेशागत चरित्र हत्या हुने गरि मिडियामा गरिएको झुठो प्रचारबाजी प्रति आपत्ति जनाए ।

डाक्टर गुप्ताले वीरगन्ज हेल्थ केयरमा उपचारका क्रममा दुरबिन प्रविधीबाट शल्यकृया गर्ने क्रममा आवश्यक सबै सावधानी अपनाउदा पनि मियाँको गल ब्लाडर बेडबाट अत्याधिक रक्तश्राव भएपछि ओपन सर्जरीका माध्यमले रक्तश्राव रोकेर शल्यकृया गरिएको बताए ।

त्यसपछि आइसियुमा १२ देखि १४ घण्टा सम्म राखेर बिरामीको आफन्तसंग सल्लाह लिएरै रक्तश्राव रोक्न पुन शल्यकृया गर्नु परेको गुप्ताले बताए । दोश्रो पटकको सफल शल्यकृया पश्चात बिरामीलाइ होश आएपछि आफन्तले बिरामीलाइ पटक पटक भेटेको पनि गुप्ताले बताए । आइसियुमा उपचारका क्रममा बिरामी सेप्सिसमा गइ श्वास प्रश्वासमा समस्या देखिएकाले अस्पतालमा उपलब्ध श्रोतसाधनले नभ्याएपछि मात्रै उनलाइ थप उपचारका लागि काठमाण्डौको मेडिसिटी अस्पतालमा रेफर गरिएको गुप्ताले बताए ।

डाक्टर अन्सारीले बिरामीलाइ निको पार्न अथक प्रयास गर्दा गर्दै पनि उपचारका क्रममा भवितब्यवश केहि जटिल समस्या देखिन गएको अवस्थामा बिरामीका आफन्तले मिथ्या आरोप लगाएको अध्यक्ष गुप्ताको भनाइ छ ।
आम नागरिकको स्वास्थ्य उपचारका लागि आफनो व्याक्तिगत जिवन , घरपरिवार त्याग गरि अहोरात्र बिरामीको जिवन रक्षाका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाइ आफनो पेशागत दायित्व निर्वाह गर्दा गर्दै पनि प्रोत्साहित गर्नुको चिकित्सकको चरित्र हत्या गर्ने नियतले मिडिया मार्फत भ्रामक प्रचारबाजजी गरिएकाले यसले सम्पूण चिकित्सकहरुलाइ आहत पुगेको संघले पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष गुप्ताले उपचारका क्रममा भएको भवितब्यलाइ डाक्टरको लापरवाहीको संज्ञा दिइ अर्का माथि दोषारोपण गरि अननुचित लाभ लिने मनसायले गगरिएको गतिविधी कदापी सफल नहुने पनि बताए । यदि यस्ता गतिविधी नरोकिए देशभरका चिकित्सकहरु कठोर संघर्षमा उत्रिने चेतावनी पनि अध्ध्यक्ष गुप्ताले दिए ।

आर्थिक लाभका लागि नेताले बार्गेनिङ गरिरहेका छन् : सन्चालक अन्सारी

यता वीरगन्ज हेल्थ केयर अस्पतालका सन्चालक डाक्टर अबुल हैयश अन्सारीले पनि मियाको मृत्युको विषयलाइ लिएर उनका आफन्त र केहि राजनीतिक दलका नेताले अनुचित लाभ लिन खोजेको बताए ।

उनले वीरगन्ज हेल्थ केयरमा उपचाररत रहदा सम्म मियाको उपचारमा डाक्टर र अस्पताल प्रशासनले कुनै लापरवाही नगरेको दाबी गरे । उनले भने ,‘ यदि उपचारमा कुनै पनि किसिमको लापरवाही गरेको पुष्टि हुन्छ भने त्यसको क्षतिपुर्ति र कारबाही भोग्न अस्पताल तयार छ , तर हुदै नभएको गल्ती देखाउने प्रपन्च रचिन्छ भने त्यो सह्य हुदैन ।

मियालाइ मेडिसिटी रिफर गरिएकै दिन देखि मियाका आफन्तलाइ उक्साएर केहि दल विशेषका नेताले मिथ्या आरोप लगाएर आर्थिक लाभका लागि आफुसंग पटक पटक बार्गेनिङ गरिरहेको पनि अन्सारीले बताए ।
अन्सारीले भने ,‘ एक जना नेताले १० लाख रुपैया दिनुस् म सबै मिलाइ दिन्छु भनेर मसंग पटक पटक बार्गेनिङ गरिरहेका छन् , तर मैले त्यसलाइ अस्वीकार गर्दै आएको छु ।

कुनै पनि चिकित्सकले बिरामीको जिवन रक्षाका लागि नै उपचार गर्ने भएकाले डाक्टरकै लापरवाहीले र मियाको स्वास्थ्य अवस्था बिग्रिएको भन्ने आरोप मिथ्या मात्रै भएको अन्सारीले बताए ।

उनका अनुसार , वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचाररत रहदा मियाँको उपचार , शल्यकृया र औषधीमा गरि १ लाख २८ हजार रुपैया बिल बनेको तर बिरामीका आफन्तले औषधीको २७ हजार र उपचारको ११ हजार गरि ३८ हजार रुपैया मात्र तिरेका छन् । अझै पनि ९० हजार रुपैया तिर्नै बाँकी रहदा पनि अस्पताल प्रशासनले कुनै दबाब नदिएको भन्दै अन्सारीले बिरामीलाइ रेफर गरेर हेलिकप्टरबाट काठमाण्डौ पठाउदा समेत अस्पताल प्रशासनले सहजीकरण गरिदिएको बताए ।

यति गर्दा समेत बिरामीका आफन्त र केहि दल विशेष नेताले आर्थिक लाभ लिन अस्पताल र उपचार गर्ने डाक्टरका बारेमा लान्छनना लगाएर बदनाम गर्न खोजी रहेको अन्सारीले बताए ।

The post अस्पताल र डाक्टरलाइ बदनाम गरिए आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: अस्पताल र डाक्टरलाइ बदनाम गरिए आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी
अस्पताल र डाक्टरलाइ बदनाम गरिए आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/08/doctor2.jpg?resize=1024%2C590&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/08/blog-post_550.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/08/blog-post_550.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy