नेपालमा कोरोना महामारी: अबको एक महिना झन कठिन

मधेसखबर

वीरगन्ज,२४ साउन : स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको चौथो लहर नेपालमा अझै एक महिना रहने निष्कर्ष निकालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले हालै गरेको एक अध्ययनले तीन हप्तासम्म संक्रमण बढ्दै जाने, त्यसपछि उच्च विन्दुमा केही समय स्थिर रहने र भदौको अन्तिम साताबाट मात्र संक्रमण घट्दै जाने देखाएको छ । चौथो लहरमा दैनिक आठ हजार जनासम्म संक्रमित हुन सक्ने इडीसीडीको अनुमान छ ।

हिजोआज दैनिक संक्रमित संख्या एक  हजारभन्दा कम छ । ‘आगामी तीन हप्तासम्म अझै उकालो लाग्दै जानेछ र दैनिक दुईदेखि आठ हजारसम्म नयाँ संक्रमित थपिन सक्ने आंकलन गरिएको छ’, स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘संक्रमण मध्यमविन्दुमा पुगेको छ । केही दिनमा उच्चविन्दुमा पुग्छौं ।’

उनका अनुसार संक्रमण तीन हप्तापछि मात्रै ओरालो लाग्दै जाने आंकलन गरिएको छ । ‘मानिसले खोप नलाएको वा जनस्वास्थ्यको मापदण्ड पालना नगरेको अवस्थामा संक्रमणदर बढ्ने हो । अबको एक महिना कठिन हुनसक्छ’, ती अधिकारीले भने, ‘हामीले अहिलेको संक्रमणदरको चक्रलाई आंकलन गरेको हौं । तर, यो तथ्यांक तलमाथि पनि हुनसक्छ ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी पनि अबको दुई हप्तामा कोरोना संक्रमण उत्कर्षमा पुग्नसक्ने आंकलन गरिएको बताउँछन् । ‘अबको दुई हप्ता कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने र त्यसपछि घट्दै जाने हाम्रो अनुमान हो,’ डा. अधिकारीले भने ।

अधिकांश मानिसले खोप लगाएका कारण अस्पताल भर्नादर अन्य लहरभन्दा भने कम हुने स्वास्थ्य मन्त्रालयको आंकलन छ । यद्यपि संक्रमितको संख्या बढ्दै जाँदा अस्पताल भर्ना दर पनि बढ्न सक्ने सहप्रवक्ता अधिकारी बताउँछन् । ‘संक्रमित भएको केही हप्तापछि मात्रै मानिस अस्पतालमा पुग्छन् । अबको दुई हप्तापछि मृत्युदर बढ्ने आंकलन गरिएको छ’, उनले भने ।

कोरोना विरुद्ध खोप लगाएको ६ महिनापछि शरीरमा क्रमशः एन्टीबडी कम हुँदै जसले गर्दा शरीरमा कोरोना संक्रमणको जोखिम पुनः बढ्दै गएको संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् । जोखिमलाई कम गर्न ‘बुस्टर डोज’ को अनिवार्य रुपमा दिर्नुपर्ने उनको भनाइ छ । मन्त्रालयको पछिल्लो विवरण अनुसार ७३ लाख ५१ हजार ६९५ जनाले मात्रै बुस्टर डोज लगाएका छन् ।

‘खोपको पूर्ण मात्रा लगाइसकेको ६ महिनापछि शरीरमा एन्टीबडी कम हुँदै जान्छ । एन्टीबडीलाई बढाउनका लागि अर्को खोपलाई बुस्टर डोजको रुपमा लगाउनुपर्छ,’ डा. बास्तोलाले भने, ‘अहिले बुस्टर डोज लगाउनेसंख्या कम छ । त्यसलै तत्काल कभरेज बढाउनुपर्छ ।

चौथो लहर सुरु भएसँगै कोरोनाका जटिल खालका बिरामी बढ्न थालेका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार जटिल खालका बिरामी बढ्नुमा तीन वटा कारण छन् ।

पहिलो, भाइरस एकदमै संक्रामक छ भने यसबाट दीर्घरोगी बढी प्रभावित भएका छन् । दोस्रो, संक्रमितहरु ढिला गरी अस्पताल पुगेका छन् र तेस्रो, कतिपय संक्रमितले खोप लगाएका छैनन् ।

पाटन अस्पतालका कोरोना फोकल पर्सन तथा मेडिकल डाइरेक्टर प्रा.डा. युवराज शर्मा ओमिक्रोन भेरियन्ट निकै संक्रामक भएपनि कम घातक भएको बताउँछन् । अहिले देखिएको ओमिक्रोनको सबभेरियन्टले गर्भवती र बालबालिकामा बढी जोखिम पारेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘नेपालमा हाल देखिएको भाइरस निकै संक्रामक तर, कम घातक भएको संकेत गर्छ । त्यही माथि धेरैजसो बिरामी ढिला गरी अन्तिम अवस्था तिर मात्र अस्पताल आइपुगेका वा खोप नै नलाएको पनि पाइएको छ ।’

हाल नेपालमा सक्रिय रहेको ओमिक्रोनको सब भेरियन्टबाट भने गर्भवती, बालबालिकासँगै वृद्धवृद्धा, दीर्घरोगी, खोप नलगाएका व्यक्ति बढी प्रभावित देखिएको डा. शर्माको भनाइ छ ।

मन्त्रालयको आइतबारसम्मको विवरण अनुसार १५२ जना संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ४५ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचारत छन् ।

वीर अस्पतालका कोभिड–१९ संयोजक डा. उमेश बोगटी भाइरस निकै संक्रामक रहेको र बिरामी ढिला गरी अस्पताल आउँदा जटिलता धेरै देखिएको छ ।

‘अहिले धेरैजना संक्रमित होम आइसोलेसनमै छन् । उनीहरु ठीक होला भन्दै घरमै बस्छन् । तर, जति ढिलो भयो बिरामीलाई बचाउन त्यति नै गाह्रो हुन्छ’ उनले भने, ‘अहिले समुदायमा संक्रमण फैलिसकेको छ । केही हप्तापछि अस्पतालमा भर्ना हुने संख्या पनि बढ्छ ।’

होम आइसोलेसनमा बसेका संक्रमितहरु निरन्तर रुपमा चिकित्सकको परामर्शमा रहनुपर्ने उनको सुझाव छ ।

‘शरीरमा अक्सिजनको मात्रा घटेमा, श्वास प्रश्वासमा समस्या भए, छाती दुखे, ओठ निलो भएमा जटिलता तिर गएको बुझ्नुपर्छ,’ डा. बोगटीले भने, ‘यस्ता लक्षण देखिएर तत्काल अस्पताल पुर्याउन सकेमा क्षतिलाई रोक्न सकिन्छ र धेरैजनाको ज्यान जोगाउन सकिन्छ । साभार: अनलाइनखबर

 

The post नेपालमा कोरोना महामारी: अबको एक महिना झन कठिन appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: नेपालमा कोरोना महामारी: अबको एक महिना झन कठिन
नेपालमा कोरोना महामारी: अबको एक महिना झन कठिन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/05/7.Birgunj-09-09.jpg?resize=1024%2C685&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/08/blog-post_44.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/08/blog-post_44.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy