मधेसखबर
वीरगन्ज,२९ साउन : वीरगन्ज महानगरपालिकाको सिर्सियामा निर्माण हुन लागेको सडकको आइतबार शिलान्यास गरिएको छ।
पर्सा क्षेत्र नम्बर २ को (ख) का प्रदेश सांसद रमेश कुर्मीले सडकको शिलान्यास गरेका हुन् । मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार विकास कार्यालयद्वारा सिर्ड्रासिया ड्राइपोर्ट , अठराहा सुगौली हुदै बिर्ता अपौनीमा निर्माण गर्न लागिएको सडकको आइतबार शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद कुर्मीले निर्माण हुने यो सडकको कार्यमा सम्पूर्ण सिरिसिया बासीले निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनिलाई सहयोग गर्न आग्रह गरे । उनले सडक निर्माणको बेला कसैको अलिकति जग्गा सडकमा पर्यो भनेर बिरोध नगर्न सिरिसियाबासिसंग आग्रह पनि गरे ।
लालबाबु प्रसाद कुर्मीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा डा.महेश्वर प्रसाद कुर्मी , सुमित रौनियार , पारस प्रसाद कलवार ,विश्वनाथ राउत कुर्मी लगायत स्थानीयको उपस्तिथी रहेको थियो ।
The post प्रदेश सांसद कुर्मिद्वारा सिर्सिया सडकको शिलन्यास appeared first on Madhes Khabar.