वीरगन्जको विकासका लागि वीरगन्जवासीको सहयोग र साथ आवश्यक छ – मेयर सिंह

मधेसखबर
वीरगन्ज,११साउन : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जको विकासका लागि वीरगन्जवासीको सहयोग र साथ आवश्यक भएको बताएका छन् ।

उनले भोट दिएर जिताइसकेपछि काम सकियो भनेर नठान्न नगरवासीसँग आग्रह पनि गरेका छन् । नेपाल भारत सोसियो इकोनोमिक फोरमले आयोजना गरेको ‘वीरगन्जको विकास सम्भावना र सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर सिंहले भने ,‘ निम्तो दिएपछि मात्रै महानगरपालिकामा आउने होइन , समय मिल्दा जति खेर पनि आएर वीरगन्जको विकासका लागि सल्लाह दिन सबै क्षेत्रका अगुवाहरुसँग मेरो अनुरोध पनि छ ।

 

महानगरमा चुनौती धेरै भए पनि त्यसलाइ स्वीकार गरेरै आफु मेयर बनेको बताउँदै उनले बताए । यसपटक वर्षा अगावै २० प्रतिशत मात्रै नाला सफा गर्न भ्याएको बताउँदै उनले आगामी वर्षदेखि वीरगन्जमा बर्र्षाको पानी जम्न नदिने गरी नालाको सफाइ गर्ने प्रतिबद्धता पनि जनाए ।

 

वीरगन्ज र आसपासका क्षेत्रका उद्योगहरुले स्थानीय युवालाई रोजगारी दिनुपर्ने बताउँदै उनले हड्ताल नगर्ने ग्यारेन्टी आफूले लिने बताए ।

कार्यक्रममा सहभागीहरुले वीरगन्जको विकासले गति लिन नसक्नुका कारणको खोजी गरी समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।सरोकारवालाले वीरगन्ज पुरानो सहर भए पनि देशका अन्य सहरभन्दा विकासमा पछाडि पर्नु दुःखद भएको बताएका थिए ।

 

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष अशोक टेमानी, उद्योग वाणिज्य महासंघ मधेश प्रदेश अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडिया, लायन्स क्लब इन्टरनेसनलका पूर्वअध्यक्ष सञ्जय खेतान, ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक इन्दुशेखर मिश्र, अधिवक्ता पन्नालाल गुप्ता, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, नेपाली युवा उद्यमी मञ्च वीरगन्जका पूर्वअध्यक्ष अनुप अग्रवाले महानगरपालिकालाई सुझाव दिएका थिए ।साभार :अनलाइनखबर

The post वीरगन्जको विकासका लागि वीरगन्जवासीको सहयोग र साथ आवश्यक छ – मेयर सिंह appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्जको विकासका लागि वीरगन्जवासीको सहयोग र साथ आवश्यक छ – मेयर सिंह
वीरगन्जको विकासका लागि वीरगन्जवासीको सहयोग र साथ आवश्यक छ – मेयर सिंह
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/Rajeshman-sing-shrestha.jpg?resize=900%2C507&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/07/blog-post_981.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/07/blog-post_981.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy