मधेसखबर
वीरगन्ज,१९असार : रोहिंग्या मुस्लिमलाई नेपालबाट निकाल्नु पर्ने मा गर्दै वीरगन्जमा आइतबार हिन्दुवादी संगठनहरुले प्रदर्शन
गरेका छन् ।
प्रदर्शनका क्रममा उनिहरुले मधेस प्रदेशका मुख्यमन्त्री र मुस्लिम आयोगका अध्यक्षको पुतला दहन पनि गरेका छन् ।
शरणार्थीको रुपमा म्यानमार, बांग्लादेश, भारत र पाकिस्तानबाट आएका रोहिंग्या मुस्लिमलाइ नेपालबाट निकाल्न माग गर्दै विश्व हिन्दु परिषद नेपालले प्रदर्शन गरेको हो ।रोहिंग्याहरुलाइ नेपालमा मुख्यमन्त्री लालबाबु राउत गद्दी र आयोगका अध्यक्ष समिम अंसारीले संरक्षण गरेको आरोप हिन्दुवादीहरुको छ ।
पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गर्दा प्रहरी र प्रदर्शनकारी बिच केहि बेर घम्साघम्सी समेत भएको थियो ।
प्रदर्शनमा सहभागीहरुले रोहिंग्या मुस्लिमलाई देश निकाला गर, रोहिंग्यालाई नेपाल प्रवेश गराउँनेलाई कारवाही गर, मुस्लिम आयोग खारेज गर लगायतको नारा पनि लगाएका थिए ।
माईस्थान मन्दिर प्राङ्गणबाट निकालिएको विरोध जुलुस, महावीरचोक, आर्दशनगर, अलखियामठ, विर्ता, गणेशमान चोक हुदै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै विश्व हन्दिु परिषदका अध्यक्ष बृजेश मल्लिकले रोहिंगिया देशको लागि खतरा रहेको भन्दै देश आफूहरुको माँगलाई राज्यले वेवास्था गरे देशभरी नै कडा आन्दोलन गर्ने चेतावनी समेत उनले दिए ।
The post रोहिंग्यालाइ देश निकालाको माग गर्दै वीरगन्जमा हिन्दुवादीहरुको प्रदर्शन appeared first on Madhes Khabar.