पोखराको मेयर सम्मेलन : महानगरका लागि छुट्टै ऐन जारी गर्न अनुरोध

मधेसखबर
वीरगन्ज,१५साउन : वीरगन्ज सहित देशभरका ६ वटै महानगरपालिकाका मेयरहरूले महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न संघीय संसद्लाई अनुरोध गरेका छन् ।

पोखरामा  सम्पन्न मेयर सम्मेलनबाट एक संयुक्त घोषणापत्र जारी गर्दै सम्पूर्ण महानगरका मेयरहरूले स्थानीय सरकार सञ्चालनार्थ निर्माण गरिएका कानुन परिमार्जन तथा नयाँ कानुन निर्माण र महानगरपालिकाका लागि छुट्टै ऐन निर्माण गर्न अनुरोध गरेका हुन् ।

 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत विभिन्न विषयसँग सम्बन्धित विद्यमान संघीय कानुन परिमार्जन तथा नयाँ कानुन निर्माण गर्न र महानगरपालिकाहरूका छुट्टै ऐन जारी गर्न संघीय संसद्लाई आग्रह गरिएको वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए ।

 

महानगरपालिकाका मेयरहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ,‘संघीय राज्य व्यवस्थाको सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि संघ र प्रदेश सरकारहरूसँगको समन्वय, सहयोग र सहकार्यलाई अझ घनीभूत गर्दै महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहलाई थप सुदृढ बनाउन स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान सङ्घीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरूका लागि संघीय संसद्बाट छुट्टै ऐन जारी गर्न समेत अनुरोध गर्दछौं‚’।

यसका साथै महानगरपालिकाहरूका विशिष्ट प्राकृतिक, सांस्कृतिक एवं सामाजिक मौलिक चरित्र एवं समस्या र सम्भावनाहरूलाई सम्मान र सम्बोधन गर्दै महानगरहरूबीच पारस्परिक सम्पर्क–सञ्जाल प्रवर्द्धन गरी आपसी सहयोग र सहकार्यलाई महानगर मञ्च नेपालको माध्यमद्वारा संस्थागत गर्ने निर्णय पनि गरिएको मेयर राजेशमान सिंहले बताए ।

The post पोखराको मेयर सम्मेलन : महानगरका लागि छुट्टै ऐन जारी गर्न अनुरोध appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पोखराको मेयर सम्मेलन : महानगरका लागि छुट्टै ऐन जारी गर्न अनुरोध
पोखराको मेयर सम्मेलन : महानगरका लागि छुट्टै ऐन जारी गर्न अनुरोध
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/296473189_460971626038264_7974903547883310081_n.jpg?resize=1024%2C421&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/07/blog-post_780.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/07/blog-post_780.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy