मधेसखबर
वीरगन्ज,१३ साउन : सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका १० किसनपुर स्थित भित्री सडक खण्डमा बाग्मती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले ना२१प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक रौतहटको इशनाथ नगरपालिका ५ लक्ष्मिनिया बस्ने २६ वर्षीय मुकेश साहको घट्नास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।
ठक्कर दिने टिपर एवम् चालकलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
The post टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु appeared first on Madhes Khabar.