विदेशबाट फर्केका युवाहरुका लागि तालिम संचालन


मधेसखबर
वीरगंज साउनन ५
वीरगंजमा वैदेशीक रोजगारीबाट फर्केर बसेका व्यक्तीहरुका लागि वेटर वेटरेस निशुल्क तालिम संचालन गरीएको छ ।

युएनडीपीको आर्थिक सहयोगमा कृएटिभ स्किल्स प्रालिको आयोजनामा वीरगंजको होटेल मकालुमा सुरु भएको निशुल्क तालिममा २० जनाको सहभागीता रहेको छ ।

कृएटिभ स्किल्स प्रालिका कार्यकारी निर्देशक राकेश साहको अध्यक्षता तथा वीरगंज महानगरपालिकाका उपप्रमुख ईम्तियाज आलमको प्रमुख आथित्यतामा आयोजना गरीएको तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अथिती आलमले यस्ता तालिमले विदेशबाट फर्किएर बसेकाहरुको क्षमता तथा सिप विकासमा टेवा पुग्ने बताए ।

उनले महानगरपालिकाले पनि आगामी दिनमा विदेशबाट फर्किएकाहरुलाई लक्षित गरी विभिन्न सिप मुलक तालिमको व्यवस्थापन गर्ने योजनामा रहेको समेत बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अथिती एव् एनवाईएफका पुर्व संयोजक अनुप अग्रवालले यस तालिमबाट तालिममा सहभागी भएकाहरुको सिप विकासका लागि मदत पुग्दै आर्थिक अवस्थामा पनि सकारात्मक सुधार आउने बताए । उनले यस तालिम पश्चात सहभागीहरुलाई वेटर वेटरेसको जागिरमा समेत व्यवस्थापन गर्न प्रयास गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा युएनडीपी स्किल्सकी सुनिला बानिया र मन्जरी पौडेलले तालिमको उद्देश्य बारे प्रकाश पारेका थिए भने कृएटिभ स्किल्सकी कार्यक्रम संयोजक राधा हमालले स्वागत मन्तव्य राखेकी थिईन् ।

कार्यक्रमका अध्यक्ष राकेश साहले कृएटिभ स्किल्स प्रालिले विगत १७ वर्षदेखी सिप विकास सम्बन्धि तालिम दिदै आएको भन्दै हजारौ सिप नभएर बेरोजगार बसेका युवाहरु युवती, महिला पुरुषलाई क्षमता अनुसारको सिप विकास तालिम दिएर रोजगारको अवसरमा समेत सहजीकरण गर्दै आएको बताए । उनले संस्थाले हालसम्म एक हजार ८ सय जति मानिसहरुलाई सिप मुलक तालिम प्रदान गरेको र त्यसमध्येका अधिकाशंले आफ्नो व्यवसाय वा रोजगारी गरेर बसेको बताए ।

कार्यक्रममा आरएमएनका का केन्द्रिय सचिव रामकृष्ण घिमिरे , होटेल मकालुका मोहन प्रधान लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन कृएटिभ स्किल्सका कार्यक्रम संयोजक हितमान वि.कले गरेका थिए भने कार्यक्रममा सहजीकरण कृएटिभ स्किल्सकी अन्जु कुमारी गरेकी थिईन् । उतm तालिम १ महिनासम्म चल्ने अन्जु कुमारीले जानकारी दिईन्

The post विदेशबाट फर्केका युवाहरुका लागि तालिम संचालन appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: विदेशबाट फर्केका युवाहरुका लागि तालिम संचालन
विदेशबाट फर्केका युवाहरुका लागि तालिम संचालन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/FB_IMG_1658383541720.jpg?resize=767%2C432&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/07/blog-post_46.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/07/blog-post_46.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy