मधेसखबर
वीरगन्ज,०५साउन : लामो समय सम्म चलेको खडेरीको मारमा परेको मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सांसदहरुले सरकारससंग माग गरेका छन् ।
उनिहरुले मधेसलाइ सुख्खाग्रस्त क्षेत्र घोषणाका साथै किसानहरुलाई मलखाद र सिंचाइको सहज सुविधा पुर्याउन सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।बिहीबार बसेकाो प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेकपा एमालेका सांसद वृजेश कुमार गुप्ताले मलखाद नपाएर समस्यामा परेका किसानहरु अहिले पानी नपर्दा थप मर्कामा परेको बताउँदै सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर राहत दिन माग गरे । घरमा भएको अन्न रोपिसकेको तर खडेरीले थप मर्कामा पर्दा किसानहरु आत्महत्या गर्ने स्थितिमा पुगेको जिकीर गर्दै उनले भने, ‘पानी नभएर आकाशको भरमा खेति गर्नुपर्ने अवस्थामा छन् । कति त अहिले आत्महत्या गर्ने स्थितिमा छन् । जे घरमा थियो, त्यो उनीहरुले रोपिसके । तर पानी नपरेर अलपत्रमा परेका छन् ।’
सीमापारीबाट निर्वाध मलखाद ल्याउने व्यवस्था मिलाउन पनि उनले माग गरे । सिमानामा प्रहरीले मलखाद ल्याउनेहरुलाई अवरोध गर्ने गरेको भन्दै उनले प्रहरीलाई अवरोध नगर्न निर्देशन दिनुपर्ने बताए ।
जसपाका सांसद रामेश्वर राय यादवले पनि मधेसलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न माग गरे । उनले अनिकालबाट जोगाउन, नाम नागरिकलाई भोकमरीबाट जोगाउन सरकारले नहर र डिप बोरिङको व्यवस्था गर्नुपर्ने बताए ।
The post मधेसलाइ सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सरकारसंग माग appeared first on Madhes Khabar.