मधेसखबर
वीरगन्ज,२७जेठः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको टेबुल ठटाएर चर्चामा आएका बाराको निर्वाचन क्षेत्र ३ का जसपा सांसद रामबाबु यादवले आफूले दिएको र मधेस प्रदेशका अन्य योजनामा बजेट नदिए मन्त्रालयमै अनशन बस्ने चेतावनी दिएका छन् ।
बिहीबार मन्त्री श्रेष्ठको टेबुल ठटाएका सांसद यादवले शुक्रबार सन्चारकर्मीसंग कुरा गर्दै मधेस प्रदेशका अन्य योजनामा बजेट नदिए मन्त्रालयमै अनशन बस्ने चेतावनी दिएका हुन् ।
यादवले भने ,‘ योजना र बजेट जति सबै मन्त्रीको क्षेत्रमा मात्रै जान्छ , सांसदको कुरा मन्त्रीले टेर्दै टेर्दैनन् , म पनि जनताको प्रतिनिधी हु , बाराका जनताको लागि मन्त्रीसँग मात्रै नभएर राज्यको जुनसुकै शक्तिसँत लड्न तथा संघर्ष गर्न तयार छु ।
उनले असार ३ गतेसम्मको अल्टिमेटम मन्त्री श्रेष्ठलाइ दिइसकेको भन्दै त्यसपछि पनि प्रवृत्ति सच्चिएन भने मन्त्रालयमै अनशन बस्ने बताए । सांसद यादवले भने ,‘राज्यले मधेशका जनतालाइ करदाता, मतदाता र अन्नदाता मात्रै ठानेको् छ , विकास र बजेट सबै पहाडमा लग्छ , तर अब यो विभेद म हुन दिन्न ।
आाफनो निर्वाचन क्षेत्रका लागि चार वटा योजना माग गरेर मन्त्रालयमा चार महिना पहिले नै पत्र दर्ता गराइ सकेको र अहिले नयाँ बजेटमा एउटा पनि योजना नपरेको गुनासो उनले गरे । यस बारे बिहीबार मन्त्री श्रेष्ठकै कार्यकक्षमा पुगेर जवाफ माग्दा मन्त्री श्रेष्ठले जवाफ नदिइ पन्छिन खोजेपछि आफुले टेबुल ठटाएर मन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए ।
संघीय मामिला मन्त्रालयले प्रदेश १ मा १ हजार २ सय सिंचाई, कृषि सडक, र झुलुङ्गे पुलको योजना दिएको तर मधेस प्रदेशमा नदिएको गुनासो उनको छ ।
उनले मन्त्रालय किन पूर्वाग्रही भएको भनेर प्रश्न गर्दा मन्त्री श्रेष्ठले जवाफ दिनुको साटो ढाँट्न तथा उठेर भाग्न खोजेको आरोप लगाए । उनले भने, ‘ मन्त्रीले जनताको कुरा सुन्नुपर्छ भनेर जनताको आक्रोश पोख्दा चर्का चर्की भएको हो ।
८ जिल्ला भएको मधेश प्रदेशमा ४० वटा मात्रै योजना अनि एउटा मन्त्रीको क्षेत्रमा १२८ वटा योजना राखिएको उनको दावी छ ।
The post आफुले भनेको बजेट नदिए मन्त्रालयमै अनशन बस्ने बाराका सांसद यादवको चेतावनी appeared first on Madhes Khabar.