किसान भन्छन् : वीरगन्ज चिनी मिल चल्यो भने फेरि खुशीका ती दिनहरु फर्किन्छ

माधुरी महत्तो
वीरगन्ज,३१ जेठ : दुई दशक देखि बन्द रहेको वीरगन्ज चिनी कारखाना, सरकारले सन्चालनमा ल्याउने घोषणा गरेको छ । जेठ १५ मा नयाँ बजेट घोषणा गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले वीरगन्ज चिनी कारखाना सन्चालनमा ल्याउने घोषणा गरे । त्यसको ठिक ५ दिन पछि जेठ २१ गते वीरगन्जमै आएर उनले चिनी कारखानाको स्थलगत निरिक्षण पनि गरे । त्यहि दिन उद्योग वाणिज्य संघको कार्यक्रममा अर्थमन्त्री शर्माले चीनी कारखाना सरकारले जसरी पनि सन्चालनमा ल्याउने घोषणा दोहोरयाए ।

सरकार र अर्थमन्त्री शर्माले दुइ दशक देखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सन्चालनमा ल्याउने घोषणा गरेपछि सबै भन्दा बढि खुशी यस क्षेत्रका किसान भएका छन् । कारखानाका कर्मचारी पनि चिनी काराखाना पुन सन्चालनमा आउने भनेर उत्साहित छन् । तर कतिपयले भने सरकारको यो चुनावी स्टण्ट मात्रै भएको भनेर पनि टिप्पणी गरिरहेका छन् ।

लामो समय देखि बन्द भइ रुग्ण अवस्थामा पुगेको वीरगन्ज चिनी कारखानामा अहिले पनि रेखदेखको लागि भन्दै साढे तीन लाख भन्दा बढी तलब कर्मचारीमा खर्च भइरहेको छ सकारको । यो अवस्थामा कारखाना संचालनमै आउँदा धेरै किसान र मजदुरलाई राहत हुने भन्दै उनीहरुले खुसी व्यक्त गरेका छन् ।

पर्सा , बारा र रौतहटका झण्डै २० हजार किसानलाइ पाल्दै आएको वीरगन्ज चिनी कारखाना बन्द भएको दुइ दशक भइसकेको छ ।वीरगन्ज चिनी कारखाना संचालनमा रहेको समयमा तराई मधेशकै आधिकाशं जिल्लाका किसानहरु लाभान्वित हुँदै आएका थिए ।

तर चिनि काराखाना बन्द भएको समयदेखी हालसम्म २० वर्ष वितिसक्दा पनि वर्षैपिच्छे चिनी काराखाना संचालनमा ल्याईने भनिएपनि किसानहरुले वर्षाैदेखी दुख भोग्दै आएको पर्सा हसवाकी किसान सुरभि देवी बताउँछिन् । उनी भन्छिन् ,‘ त्यती बेला हामी जस्ता हजारौँ किसान उखु खेती गथ्र्यौ ,बालबच्चा परिवार पनि सुखी नै थियौं, नगदेवालिको रुपमा उखु खेती गरेपछि चिनि कारखानामा बेच्न नि समस्या हुन्थेन ,समयमा भुक्तानी पनि हुन्थ्यो तर चिनि कारखाना बन्द भएपछि हामी जस्ता किसानहरुको विजोग नै भयो ।

उनले थपिन्,‘ उखु खेती गर्दा सास्ती खेप्न थालेपछि हाल उखु खेती त गर्न छोड्यौँ नै साथै कोही किसान विदेश गए कोही त कमाउन र परिवारको पेट पाल्न भनेर गाउँ छोडेर पनि अन्यत्र जान बाध्य भए । अहिले फेरि सरकारले चिनी कारखाना सन्चालनमा ल्याउने घोषणा गरेपछि उनको प्रतिक्रिया छ ,‘ वर्षैपिच्छे चिनि कारखाना खुल्ने सुन्ने गरिन्छ तर साच्चिकै संचालन भने कहिले हुन्छ थाहा छैन ।

चिनि कारखाना बन्द भएपछि खासगरी उखु खेती गर्ने किसानहरुको घरमा कैयौँ दिनसम्म चुल्हो समेत बल्न सकेन भने वर्षैौसम्म सास्ती खेप्नुपर्ने अवस्थाको सिर्जना भयो । तर किसानको डुबेको रकम र उनीहरुको पसिनाको मोलसँग हाल खेलवाड भईरँहदा बेला बेलामा चिनि कारखाना संचालनमा ल्याईने आश्वासनले आश पलाए पनि निराशामा परिवर्तन हुने गरेको बाराकी फुलमती देवीको दुखेसो छ । उनी भन्छिन् ,‘ चिनी कारखाना बन्द भएपछि नगदे बालीको रुपमा उखु खेतीको विकल्प खासै केही भएन, त्यसपछि श्रीमान् विदेश कमाउन गईहाले ,अहिले श्रीमान् घरमा छन् अनि छोरा विदेशमा छन् , हामी गरीब किसानको जीवन फेर्ने विकल्पको रुपमा रहेको कारखाना संचालनमा आउने कुरा जहिले नै सुन्छौ तर संचालन हुदैन ।

उनि थप्छिन्,‘ चिनि कारखाना संचालनमा ल्याउन सके त हाम्रा श्रीमान् छोराहरुलाई विदेशमा गएर पसिना बगाउनु भन्दा आफ्नै खेतमा उखु रोपेर खुशीका ती दिन फर्काउन सकिन्थ्यो , अब त उखुको भुतmानी समस्याले उखु रोप्नै छाडे प्राय किसानहरुले ।
वीरगन्ज चिनी कारखाना संचालनमा रहेका बेला १ हजारभन्दा बढी कर्मचारीले त्यहा प्रत्यक्ष रोजगारी पाएका थिए । तीन जिल्लाका हजारौँ उखु किसान लावान्वित थिए नै । सयौं ट्रक संचालकलाई राहत मिलेको थियो । तर विभिन्न बाहानामा कारखाना बन्द भएपछि कर्मचारीहरु पनि उत्तिकै मारमा परेका छन् ।

चीनी कारखाना बन्द भएपछि किसान , कर्मचारी लगायत चिनी मिलसंग प्रत्यक्ष अप्रत्यक्ष रुपमा आबद्ध हजारौँको बिचल्ली नै भयो । १ सय ९४ जना कर्मचारी स्वेच्छिक अवकास नलिई कारखाना चलिहाल्छ कि भनी प्रतिक्षामा रहे । तर तलब भत्ता नपाएका ती कर्मचारीले बेलाबेलामा कारखाना पुनः सञ्चालन गर्न सरकारलाई घच्घच्याउँदा पनि सरकारले नसुनेको गुनासो गर्छन् । वीरगन्ज चीनी कारखानाका एक पुर्व कर्मचारी विजय पौडेल भन्छन्,‘ १९४ जना कर्मचारीमध्ये अब १ सय ८५ मात्रै जिवित छन् बाँकी कारखाना संचालन हुने तथा आफ्नो उचित बक्यौता पाउने आशमा विलिन भएर गए ।

कारखाना बन्द भएपनि कारखानाको रेखदेख गर्ने उद्देश्यले अझ पनि १४ जना कर्मचारीलाई करारमा काम लगाईएको चिनि कारखानाको प्रशासन प्रबन्धक अवधेश किशोर सिँह बताउछन् । उनी पनि बेला बखतमा चिनि मिल संचालनमा ल्याईने सरकारी आश्वासन बाडिए पनि संचालनका लागि वृहत छलफल हुन आवश्यक रहेको बताउछन् ।

२०१५ सालमा तत्कालीन राजा महेन्द्रले सोभियत संघ रुसको भ्रमण गर्दा नेपालमा ठूलो चिनी कारखाना निर्माण गर्ने सम्झौता भएपछि उनकै पहलमा स्थापित वीरगन्ज चिनी कारखानाको स्थापना गरि २०२१ साल माघ १८ गतेदेखि विधिवत रुपमा उत्पादन सुरु भएको थियो । तर पछि घाटा बढ्दै गएपछि २०५९ फागुन १५ गतेको मन्त्रिपरिषदको बैठकले कारखाना बन्द गर्ने निर्णय गरेको थियो ।

कारखानाकै कारण नगदे बालीको रुपमा उखु खेतीमा आकर्षण थियो । तर तराईमा हाल किसानहरुको उखु खेती प्रतीको आकर्षण नरहेको देखन्छ ।कारण हो निजी चिनी कारखानमा हुने उखुको भुक्तानीको झमेला । किसानका अनुसार अझ पनि वीरगन्ज चिनी कारखाना संचालनमा ल्याईन सके हजारौ किसान विदेशीनबाट रोकिन्छन् भने युवाहरुले पनि आफ्नो दक्षता क्षमता अनुसार स्वदेशमै रोजगार पाउन सक्ने अवस्था हुन्छ ।

The post किसान भन्छन् : वीरगन्ज चिनी मिल चल्यो भने फेरि खुशीका ती दिनहरु फर्किन्छ appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: किसान भन्छन् : वीरगन्ज चिनी मिल चल्यो भने फेरि खुशीका ती दिनहरु फर्किन्छ
किसान भन्छन् : वीरगन्ज चिनी मिल चल्यो भने फेरि खुशीका ती दिनहरु फर्किन्छ
https://i1.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/05/3.Birgunj-2074-08-02.jpg?resize=734%2C489&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/06/blog-post_89.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/06/blog-post_89.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy