मधेसखबर
वीरगन्ज,३०जेठ : बाराको अमलेखगंजमा सोमवार बिहान ट्रकले मोटरसाईकललाइ ठक्कर दिदा एक दम्पतीको मृत्यु भएको छ ।
चितवनबाट बारा तर्फ आउदै गरेको प्रदेश ०३–००४ प १५१७ नम्बरको मोटरसाईकललाई पछाडिबाट ना ७ ख ३९४८ नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाइकलमा सवार दम्पतिको मृत्यु भएको हो ।
अमलेखगंजको दुई नम्बर पुल नजिक भएको दुर्घटनामा बाराकै बारागढी गाँउपालिका १ का २६ वर्षिय देवेन्द्र चौधरी र उनकी पत्नी नन्द चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमलेखगंजले जनाएको छ ।
मोटरसाइकलाइ ठक्कर दिएपछि सडकमा लडेका चौधरी दम्म्पतिलाइ त्यही ट्रकले किचेको र घटनास्थलमै दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
यो संगै पछिल्लो १२ घण्टामा बारामा चार जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । यसअघि बाराको महागढीमाई नगरपालिका ८ स्थित थलही पुलबाट आईतवार राती मोटरसाईकल खस्दा दुई जनाको मृत्यु भएको थियो ।
The post बारामा फेरि अर्को सवारी दुर्घटना, श्रीमान श्रीमतिको घटनास्थलमै मृत्यु appeared first on Madhes Khabar.