मधेसखबर
वीरगन्ज,०३ असार : वीरगन्ज महानगरपालिकामा नयाँ जनप्रतिनिधी निर्वाचित भएर आएपछिको पहिलो नगरपरिषदको बैठक यहि असार १० गते हुने भएको छ ।
महानगरपालिकाको कार्यालयले शुक्रबार सुचना जारी गर्दै महानगरको ११ औँ नगरअधिवेशन (नगरपरिषद) यही असार १० गते हुने जानकाारी गराएको हो ।नगर अधिवेशन असार १० गते बिहान ८ बजेदेखि वीरगन्न्ज नगरसभागृहमा आयोजना गरिने सुचामा उल्लेख छ ।
असार १० गते हुने नगरअधिवेशनमा प्रस्तुत हुने एजेण्डाहरु पनि महानगरपालिकाले तय गरिसकेको प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालले जानकारी दिएका छन् । उनका अनुसार , असार १० को नगरअधिवेशनमा आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति, बजेट ,योजना तथा कार्यक्रम प्रस्ताव गर्ने, आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ पेश गर्नुका साथै विविध विषयहरु माथि छलफल हुने कार्यसूची तय गरिएको हो ।
The post वीरगन्ज महानगरको नगरपरिषद असार १० गते appeared first on Madhes Khabar.