महिला स्वयंसेविकाहरूकोे दुखेसो : २४ सै घण्टा खट्नु पर्छ तर तलब १५ सय मात्रै पाइन्छ

माधुरी महत्तो
वीरगन्ज, १६ असार : महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड भनिन्छ ।समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेको भएपनि काम गरेअनुसारको सेवासुविधा भने नपाएको महिला स्वास्थ्य स्वयंसेविकाहरुको छ ।महिनाभरी काम गरे पनि यातायात खर्च, सञ्चार खर्च, उचित तलबको व्यवस्था नहुँदा आर्थिक समस्या भएको उनीहरु बताउँछन् ।

हाल देशभरी ५० हजार भन्दा बढी स्वास्थ्य स्वंयसेवीका सेवामा आबद्ध छन् । सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्ने र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका छन् ।गाँउ समाजको हरेक घर घरमै पुगेर स्वास्थ्य सेवा दिने काम उनीहरूले गरिरहेका छन् ।

नेपालमा बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुका पछाडि पनि स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको छ । तर धेरै जिम्मेवारी वहन गर्ने स्वास्थ्य स्वयंसेविकाको सेवा–सुविधा भने नगन्य रहेको छ । सरकारले पनि यस बारे कहिल्यै ध्यान नदिएको गुनासो उनीहरुको छ ।

रौतहटकी स्वास्थ्य स्वंयसेवीका प्रमशिला देवी भन्छिन् ,‘ टोलभरि विहानै देखी घुम्नुपर्छ , महिला तथा बालबालिकालाई भिटामिन देखी गर्भवती महिलालाई चाहीने पोषतत्व खानेकुरा तथा उक्त अवस्थामा आवश्यक परामर्श दिनु पर्छ , तर हाम्रा लागि तीनै तहका सरकारले चाँसो राखेका छैनन् ।

नाम नबताउने शर्तमा पर्साकी एक स्वास्थ्य स्वंयसेविका आफ्नै मातृभाषा भोजपुरीमा भन्छिन् ,घरघर हमनी जाके सबेरेसे सझिँया तक सेवा करेनी , गर्भवती महिलाके , लैकाफैकाके अउर विमार आदमीके दवाई देवेनी ,साथमे सल्लाह सुझाव भी देवेनीके , ओकरा बाबजुद कबो कबो गाँवे समाजके कुछ लोग से अनेक तवरके बात भी सुनेके पडेला , एतना माहँगाईके जमाना बा तबो हमनीके तलबके बारेमे सोचेवाला केहु नैखे ।

यस्तो महंगाईको समयमा पनि महिनाको १५ सय रुपैया भनेर भत्ता पाईने गरेको तर त्यो दिनहुँ जसो टाढा टाढाका स्थानमा जानका लागि भाडा समेत अपुग हुने गरेको उनीहरुको दुखेसो छ ।

उनीहरु आजकालको जमानामा कोही ,कोही भन्दा कम पनि छैनन् भनेर भाषणमा भनिएपनि त्यो व्यवहारमा लागु अझ पनि हुन नसकेको बताउँछन् । टाढा तथा विकट क्षेत्रमा जान आउनका लागि साईकलको व्यवस्था गरिदिन बारम्बार माग गरेपनि त्यो समेत हुन नसकेको उनीहरुको गुनासो छ ।

चुनावका बेला जोसुक्कै जनप्रतीनिधीले पनि आफुहरुलाई लक्षित गरी तलब भत्ता वृद्धिबारे भने पनि चुनाव जितेपछि हाम्रो मुद्धा र आफ्नो वाचा दुवै विर्सिने गरेको उनीहरुको दुखेसो छ ।

करीब २० वर्ष देखी यो सेवामा लागेकी एक स्वास्थ्य स्वय्सेवीकाले भने ४० रुपियाबाट सुरु गरेको सेवामा हाल १५ सय रुपैया भत्ता पाउने गरेको र यो महंगी अनुसार व्यवहारीक नभएको बताइन् ।आफ्नो वा परिवारका लागि मिठो मसिनो समेत ख्वाउन वा बालबालिकाको लागि समेत केही गर्न नसकेको दुखेसो पोख्दै उनी भन्छिन् ,‘ विभिन्न लान्छना खेपेर भएपनि २० वर्ष देखि यहि सेवामा निरन्तर छु ,सरकारले हाम्रो सेवाको कदर गरि दिए जाति हुन्थ्यो ।

सेवा नै धर्म हो भनेर आफुहरु पनि समय अनुसारका जानकारी लिदै गाउँघरमा प्रचार प्रचारमा समेत जुट्ने गरेको उनीहरुको भनाई छ ।हाल मानिसहहरुको स्वास्थ्यसेवा सम्म पहुँच र मातृशिशु मृत्युदर देशको अधिकाशं स्थानमा घट्नुमा मुख्य भुमीका स्वास्थ्य स्वय्सेवीहरुको पनि रहेको दाबी छ ।

खासगरी तराई मधेशका समुदायमा महिलाहरु घरबाहिर निस्किदा पनि विभिन्न लाल्छना , आरोप खेपेर भएपनि २ दशकदेखी स्वास्थ्य स्वय्सेवीकाको रुपमा काम गर्दै आएको तथा ग्रमीण र विकट क्षेत्रमा दैनिक घण्टौसम्म पैदल हिँडेर सेवा प्रदान गर्दै आए पनि सेवासुविधाको अभावमा सेवा अन्यलाई हस्तान्तरण समेत गर्न नसकिने अवस्था रहेको उनीहरुको भनाइ छ ।

पर्साकी एक स्वाथ्यस्वयम्सेवीका तेतरी देवी, काम सबै समयमै चाहीने तर तलब भत्ताको कुरा गर्दा नसुन्ने गरीएको गुनासो गर्छिन् । हालसम्म सबै क्षेत्रमा सबैको तलब भत्ता वृद्धि भएपनि यसको लागि कसैले पहल नगरेको न कसैले चासो नै राखेको बताईन् ।

२०५० सालमा ४० रुपैयाँबाट सुरु भएको उनीहरुको छलफल भत्ता अहिले चार सय पुगेको छ । तर पनि उनीहरुको मिहिनत अनुसारको नभएको स्वीकार गर्दै रौतहटको परोहा नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघ मधेश प्रदेशका सभापती शेख वकिलले भने स्वास्थ्यस्वय्सेवीकाको कार्य र मिहिनतका अनुसार भत्ता गर्न नसकिएको तर प्रयासरत रहेको बताए ।

उनले आफ्नो पालिकाबाट उनीहरुको सेवा सुविधामा वृद्धि गर्न सकिने नसकिने बारे छलफल मै रहेको तथा सरकार समक्ष पनि सेवासुविधा समय र महंगीलाई ध्यानमा राखेर हुनुपर्ने भन्दै पटक पटक पहल गरीरहेको पनि जानकारी दिए ।

धेरै जिम्मेवारी वहन गर्ने स्वास्थ्य स्वयंसेविकाको सेवा–सुविधा भने नगन्य रहेको तथा केही वर्षयता उनीहरूको सेवा–सुविधाका बारेमा अलि बढी चासो देखिए पनि यसमा यथोचित सुधार हुन नसकेकोमा असन्तुष्टि उनीहरुले व्यतm गर्ने गरेका छन् ।

The post महिला स्वयंसेविकाहरूकोे दुखेसो : २४ सै घण्टा खट्नु पर्छ तर तलब १५ सय मात्रै पाइन्छ appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: महिला स्वयंसेविकाहरूकोे दुखेसो : २४ सै घण्टा खट्नु पर्छ तर तलब १५ सय मात्रै पाइन्छ
महिला स्वयंसेविकाहरूकोे दुखेसो : २४ सै घण्टा खट्नु पर्छ तर तलब १५ सय मात्रै पाइन्छ
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/mahila-swvika-3-1.jpg?resize=703%2C527&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/06/blog-post_755.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/06/blog-post_755.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy