मधेस प्रदेश लागूऔषधको ‘अखाडा’

मधेसखबर
वीरगन्ज,०८असारः भारतबाट भित्र्याइएको १२ सय एम्पुल लागूऔषधसहित बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुर का ४२ वर्षीय निर्वान मियाँ र वडा नम्बर ६ मदर्शा टोलका ४० वर्षीय ओसी अहमद पक्राउ परे। उनीहरूको साथबाट फेनार्गन ४०० एम्पुल, डाइजिपाम ४०० एम्पुल र नुर्फिन ४०० एम्पुल बरामद गरिएको छ।
भारतबाट भित्र्याइएको ३ हजार ९ सय ८६ एम्पुल लागूऔषध सुईसहित भारत राजनगर थाना घर भई हाल सिराहाको लहान–५ मा बस्दै आएका २१ वर्षीय मोहम्मद अख्तर, भारत पिप्राहीका २७ वर्षीय धर्मेन्द्र ठाकुर र लहान–७ का १८ वर्षीय गौतम ठाकुरलाई लागूऔषधसहित आइतबार पक्राउ परेका छन्।
मधेस प्रदेशको सिरहा र बाराका प्रहरीले पछिल्लो समय लागूऔषधसहित पक्राउ गरेका यी व्यक्तिहरू उदाहरण मात्र हुन्। लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा महिनैपिच्छे थुप्रै पक्राउ पर्दै आएका छन्। तर, दिनानुदिन कारोबार बढिरहेको छ।

लागूऔषधका कारोबारीहरूले सञ्जाल नै स्थापना गरेर मधेस प्रदेश अन्तर्गतका सीमावर्ती जिल्लाबाट निश्फिक्री कारोबार चलाइरहेको पाइएको छ। प्रहरीले विभिन्न समयमा पक्राउ गरेका कारोबारीहरूको बयान तथा अनुसन्धानबाट यो तथ्य खुलेको हो।

भारतीय शहरका विभिन्न औषधि पसलबाट भित्र्याइने लागूऔषध यहाँबाट विभिन्न ठाउँमा पुग्ने गरेको छ। भारतसँगको खुला सिमाना, सबैतिर सुरक्षादृष्टि पु¥याउन नसक्ने सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारहरूमा हुने खुलमखुला बेचबिखन लगायत कारणले मधेस प्रदेश २ लागूऔषध कारोबारीको अखडा बन्दै आएको छ।

बारा, पर्सा ,सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, जिल्ला मार्फत पहाडी जिल्ला र राजधानी काठमाण्डौ लगायत धेरै शहरमा लागूऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ। पछिल्लो समय वीरगन्ज,लहान, गोलबजार, बर्दिवास, जनकपुर लगायत शहर हुँदै अन्यत्र ओसारपसार हुने लागूऔषध र कारोबारी संख्या धेरै भएको लागूऔषध नियन्त्रण अभियन्ताहरू बताउँछन्।

‘लहानमा प्रयोगकर्ता पहिलेभन्दा धेरै बढेको छ,’ स्थानीय सरोज यादव भन्छन्, ‘लहानमै धेरै कारोबारी पनि छन्। यसको अर्थ हाम्रो शहर ट्रान्जिटका रूपमा बढी प्रयोग भइरहेको छ।’ उनका अनुसार ज्यादै ठूलो र व्यवस्थित सञ्जाल मार्फत भइरहेको यस्तो कारोबार दुईचार जना कारोबारी समातेको भरमा तोड्न कठिन छ।

लागूऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजार बीचको मुख्य ट्रान्जिट मधेस प्रदेशका सीमावर्ती शहरहरू हुने गरेका छन्। यस प्रदेशका केही जिल्लाका प्रहरीले केही समयको फरकमा कारोबारीहरू समात्न थालेको धेरै समय भइसकेको छ। तर, कारोबारीहरूको सक्रियता पटक्कै घटेको छैन, झन्–झन् बढ्दो छ।

यो संगठित गिरोहकै कारण सम्भव भएको प्रहरी अधिकारीहरू बताउँछन्। खुला सिमानाका कारण नियन्त्रण चुनौतीपूर्ण बनेको तयारी जवाफ दिंदै प्रहरी अधिकारीहरू उम्कदै आएका छन्। प्रदेश प्रहरी कार्याल जनकपुरधामले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा लागूऔषध अन्तर्गत दर्ता भएको ७१४ मुद्दामा ९ सय ९९ जना पक्राउ परेका थिए।

चालू आर्थिक वर्षको असार महिनाको ६ गतेसम्म लागूऔषध अन्तर्गत ७४७ मुद्दा दर्ता भएका छन्। जसमा एक हजार ३२ जना पक्राउ परिसकेका छन्। यो तथ्यांकले पनि लागुऔषधको कारोबारी बढ्दै गएको देखाउँछ। पक्राउ पर्नेमा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संख्या बढी छ। गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागूऔषधको जालो फैलँदो छ।

सीमादेखि काठमाडौं मात्रै होइन, पहाडी जिल्लाका शहरोन्मुख गाउँमा पनि लागूऔषधको प्रयोग बढिरहेको छ। तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागूऔषधको डरलाग्दो भुमरीमा फसिरहेका छन्। लागूऔषध धन्दामा सीमापारिदेखि पहाडी जिल्ला र काठमाडौंसम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ।

सीमापारि, मधेस र पहाडका युवाहरूको त्रिकोणात्मक सञ्जालले लागूऔषधको कारोबार फैलाइरहेको पाइएको छ। एउटा समूह पारिबाट वारिको शहरसम्म ल्याउने, अर्को समूह यहाँबाट पहाडी जिल्लाको शहरसम्म पु¥याउने र तेस्रो समूह काठमाडौं लगायत ठूला शहरसम्म लागूऔषध पु¥याउन गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ। नागरिक दैनिकबाट

The post मधेस प्रदेश लागूऔषधको ‘अखाडा’ appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: मधेस प्रदेश लागूऔषधको ‘अखाडा’
मधेस प्रदेश लागूऔषधको ‘अखाडा’
utthan weekly
https://www.utthan.com.np/2022/06/blog-post_630.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/06/blog-post_630.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy