मधेशखबर
वीरगंज , ४ असाढ २०७९
नारायणगढ–मुग्लिन सडक खण्ड फेरी बन्द भएको छ । चितवनको इच्छाकामना ६ चारकिलोमा बिहान साढे ११ बजेतिर सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।
सडक खुलाउनका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरी टोली खटीएको तथा सडक विभागसँग पनि समन्वय भइरहेको चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
मनसुन सुरु भएसंगै त्यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ ।
The post नारायणगढ–मुग्लिन सडक खण्ड फेरी अवरुद्ध appeared first on Madhes Khabar.