हत्यारालाई कारबाहीको माग गर्दै चक्काजाम

मधेसखबर

वीरगन्ज,२० जेठ,: बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ निवासी राकेशभक्त पौडेलको हत्याको दोषी पत्ता लगाई सार्वजनिक गर्न माग गर्दै स्थानीयले शुक्रबार चक्काजाम गरेका छन्
हत्याको २२ दिन बितिसक्दा पनि दोषी पत्ता लगाई सार्वजनिक नगरिएको भन्दै पीडित परिवारसहितका स्थानीयले वडा नम्बर ७ जीतपुरस्थित दुर्गा मन्दिर अगाडी मुख्य सडकमा चक्काजाम गरेका हुन् ।

घटनाको सत्य तथ्य बाहिर ल्याउन र दोषीलाई कडाभन्दा कडा सजायको माग गर्दै स्थानीय गाउँलेहरू स्वतःस्फूर्त सडकमा उत्रिएका हुन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-६ का मृतक राकेशभक्त पौडेलको साथमा रहेको पर्सा घटनाको २२ दिनपछि शुक्रबार बिहान भेटिएको छ । वडा नम्बर ६ र वडा नम्बर ३ को सीमानामा पर्ने शिव मन्दिरको अगाडी सडकको छेउमा मृतकको पर्स भेटिएको हो ।

पर्स देखेपछि स्थानीय कृष्णप्रसाद रिमालले खोलेर हेर्दा मृतक राकेशभक्त पौडेलको फोटो देखेपछि स्थानीय गाउँले र प्रहरीलाई खबर गरिएको उनले बताए । शिव मन्दिरको अगाडि रहेको रिमालको पसल अगाडी उक्त पर्स शुक्रबार बिहान फेला परेको हो । पसल अगाडीको घाँस हँसियाले काटेर सफा गर्ने क्रममा सो पर्स फेला पारेको रिमालले बताए ।

गत वैशाख २९ गते मध्य रातमा स्थानीय चित्रबहादुर केसीको घरमा ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या भएको थियो ।

पौडेलको टाउकोको पछाडिको भागमा धारिलो हतियारको प्रहारबाट गहिरो घाउ लागेको थियो । हात र शरीरको अन्य भागमा पनि चोट पटक लागेको मृतकका दाजु केदारभक्त पौडेलले बताए । हत्या गरिएको दिन स्थानीय चुनाव भएकाले चुनावी आचारसंहिता लागू गरिएको थियो । चुनावको अघिल्लो रात २९ गते चित्रबहादुरको घरमा जमघट र भोजभतेर भइरहेको थियो । भोजभतेर कै क्रममा पौडेलको हत्या भएको मृतकका दाजु पौडेलले बताए ।

चित्रबहादुरले माओवादीको तर्फबाट वडा ६ को सदस्य पदको लागि उम्मेदवारी दिएका थिए । तर, उनी चुनावमा पराजित भए । उनलाई नै जिताउन मृतक पौडेलसहित अन्य ११ जना त्यस भोजभतेरमा सहभागी थिए । प्रहरीले घटनाको ९औं दिनमा सुरुमा एक किशोरीलाई पक्राउ गरेर अनुसन्धान थाले पछि तिनकै बयानको आधारमा थप ५ जनालाई पक्राउ गरेको थियो । त्यस पछि अन्य सात जनालाई पक्राउ गरेको हो ।

यता, आफन्तहरूले मृतक राकेशको पर्स पनि हराइरहेको भनेर प्रहरीमा निवेदन दिएका थिए । हत्या भएको २२औं दिनमा निकै नै चहलपहल रहने उक्त ठाउँमा अचानक राकेशको हराइरहेको पर्स सुरक्षित अवस्थामा फेला पर्नु सुनियोजित भएको मृतकका कान्छा दाजु राजेशभक्त पौडेलले बताए ।

प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-६ का चित्रबहादुर खत्री, एक १६ वर्षीया किशोरी, वडा नम्बर ३ का चित्रबहादुरका भतिज खगेन्द्र थापा, उनकै ज्वाइँ सन्तोष खत्री, उद्धव अधिकारी, वडा नम्बर २ का केबी भनिने खगेन्द्र रिजाल, वडा नम्बर ६ कै युवकहरू संदिप थापा, सुजन लामा, मसिने मगर, सन्त बछार, सुदिप घिमिरे, राजु अधिकारी र अर्जुन चिमोरिया गरी १३ जनालाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । साभार:बाह्रखरी

The post हत्यारालाई कारबाहीको माग गर्दै चक्काजाम appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: हत्यारालाई कारबाहीको माग गर्दै चक्काजाम
हत्यारालाई कारबाहीको माग गर्दै चक्काजाम
https://i1.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/IMG_20220603_225511.jpg?resize=969%2C526&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/06/blog-post_60.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/06/blog-post_60.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy