मधेसखबर
वीरगन्ज,१२असार : पेट्रोलियम पदार्थको मुल्य घटेपछि सार्वजनिक सवारी साधनको भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने लामो दुरीका सार्वजनिक सवारीको भाडा घटाएको हो ।
सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा त्यो भन्दा बढीले बढेमा वा घटेमा यातायात विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था छ ।
आइतबार देखि लागू हुने गरी दुई वा त्योे भन्दा बढी प्रदेश भइ (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली अनुसार समायोजन भएको यातायात विभागले जनाएको छ । सरकारले शनिबार पेट्रोलको प्रतिलिटर २० र डीजेलको प्रतिलीटर २९ रुपैंया घटाएको थियो ।
The post सार्वजनिक सवारी साधनको भाडा घट्यो appeared first on Madhes Khabar.