
मधेसखबर
वीरगन्ज,१९जेठः नेपालगन्जमा पुर्वराजा स्वर्गीय वीरेन्द्र शाहको सालिक राख्न खोज्दा झडप भएको छ ।
नेपालगन्जको धम्बोजी चोकमा राजावादीहरुको समूहले पुर्वराजा स्वर्गीय वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको हो ।
पूर्वराजा स्वर्गीय वीरेन्द्र शाहको सालिक राख्न प्रहरीले रोकिरहँदा राजवादीहरुले प्रहरी माथि ढुंगामुढा गरेपछि झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब ४ राउन्ड हवाइ फायर गरेको छ ।
झडपमा एक दर्जनभन्दा बढी प्रहरीहरु सामान्य घाइते भएका छन् । घटनामा घाइते भएका मध्ये चार जना प्रहरीलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको हात र खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
स्थिती निक्कै तनावग्रस्त भएपछि त्यहा थप सुरक्षाका लागि सशस्त्र प्रहरी पनि परिचालित भएको बाँकेका प्रहरी नायव उपरिक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।
The post पुर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप, एक दर्जन प्रहरी घाइते appeared first on Madhes Khabar.