मुख्यमन्त्री राउत भन्छन् :जिम्मा दिए प्रदेश सरकारले किसानलाइ समयमै मल उपलब्ध गराउछ

मधेसखबर
वीरगन्जज,२९जेठ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले किसानलाइ समयमै मल उपलब्ध गराउन नसक्ने हो भने यसको जिम्मा प्रदेश सरकारलाइ दिनु पर्ने माग गरेका छन् ।

महोत्तरी चेम्बर अफ कमर्सले शनिबार साँझ बर्दिबासमा आयोजना गरेको ‘युवा उद्यमशीलतामा स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो माग गरेका हुन् । उनले भने,‘ मधेस प्रदेशको समृद्धिको मुख्य आधार कृषि हो भन्ने कुरामा सबै सहमत छौँ, तर मलखाद, बीउबिजन समयमा किसानलाई दिनसकेका छैनौँ , यदि संघीय सरकारले समयमा मलखाद , बीउबीजन उपलब्ध गराउन नसक्ने नै हो भने अब यसको आपूर्तिको जिम्मा प्रदेश सरकारलाई दिनुपर्छ , प्रदेश सरकार यो जिम्मा लिन तयार पनि छ ।

मुख्यमन्त्री राउतले प्रदेशको आर्थिक अग्रगतिको मुख्य आधार कृषि भएको हुँदा यसको आधुनिकीकरण र सुविधा वृद्धि पहिलो आवश्यकता बनेको बताए ।समयमा मलखाद, बीउबीजन र सिँचाइको सुविधा पु¥याउन सके किसानको जीवनस्तरमा सुधार र मुलुकको आर्थिक उन्नतिमा टेवा पुग्ने उनले बताए । उनले मलखाद समयमा नपाएर किसानले खेतीका बेला बर्षेनी रुनु पर्ने अवस्था दुःखदायी भएको बताए ।

आफुले कहिल्यै समयमा मलखादको प्रबन्ध गर्न नसक्ने र त्यो अभिभारा विकेन्द्रित पनि नगर्ने संघीय सरकारको अड्डीले कृृषि सामग्रीको आवश्यकता समयमा परिपूर्ति हुन नसकेको उनको भनाइ छ । मुख्यमन्त्री राउतले मुलुकमै कृषि उद्योग स्थापनाका लागि लगानी बढाउने वातावरण सरकारले बनाउनुपर्ने उल्लेख गरे । मधेस सरकारले प्रदेशभित्र कृषिजन्य उद्योग खोल्न चाहनेलाई २० वर्षसम्म कर नलिने र जग्गा लिजमा उपलब्ध गराउने कानुन नै बनाएको जानकारी उनले गराए ।

The post मुख्यमन्त्री राउत भन्छन् :जिम्मा दिए प्रदेश सरकारले किसानलाइ समयमै मल उपलब्ध गराउछ appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: मुख्यमन्त्री राउत भन्छन् :जिम्मा दिए प्रदेश सरकारले किसानलाइ समयमै मल उपलब्ध गराउछ
मुख्यमन्त्री राउत भन्छन् :जिम्मा दिए प्रदेश सरकारले किसानलाइ समयमै मल उपलब्ध गराउछ
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/lalbubu-raut2021-10-06-08-10-04.jpeg?resize=662%2C373&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/06/blog-post_39.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/06/blog-post_39.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy