मधेसखबर
वीरगन्ज,११ असार :नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।सत्ता गठबन्धनको निर्णय अनुसार आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।
शनिबार बसेको आयल निगम सन्चालक समितिको बैठकले पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । आयल निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल–मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैया र डिजेल–मट्टितेलको मुल्य प्रतिलिटर १६३ रुपैया कायम हुनेछ । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने आयल निगमले जनाएको छ ।
यसअघि शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो ।
आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल÷मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ । एक्कासि इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो । कर कटौती गरेर भए पनि नागरिकलाई राहत दिन सदनदेखि सडकबाट सरकारलाई दबाब दिने काम भइरहेको छ ।
इन्डियन आयल कर्पोरेसन (आईसोसी) बाट १३१.९१ रुपैयाँमा खरिद गरिएको पेट्रोल सर्वसाधारणले १९९ मा खरिद गर्छन् । त्यस्तै, १४६.५२ रुपैयाँमा खरिद गरिएको डिजेल उपभोक्ताले १९२ रुपैयाँमा किन्नुपर्छ । हाल पूर्वाधार करबापत पेट्रोल÷डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ ।
The post पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैया मूल्य घट्यो appeared first on Madhes Khabar.