
मधेसखबर
वीरगन्ज,१९जेठः किसानलाइ अहिले धान रोपाइका लागि ब्याडमा धानको बीउ छर्ने चटारो भएपनि पर्याप्त मात्रामा धानको बीऊ नपाएका कारण पर्साका किसानहरु समस्यामा परेका छन् ।
सरकारी अनुदानको बीउको अभाव भए पछि पर्साका किसानहरु अहिले बजारबाट महङगो भाउमा भारतीय बीउ खरिद गर्न बाध्य भएका छन ।
बजारमा धानको बीउको भाउ ९० रुपैया प्रति केजी रहेको सबैठवाका किसान शहरुम राउत गद्धीले बताए ।अनुदानको बीउ त हाम्रा लागि आकाशकै फल आखा तरि मर जस्तै छ , उनले भने , दुइ क्वीन्टल माग्यो भने १०÷१५ किलो मात्रै पाइन्छ ।
वीरगन्जमा रहेका बीज भण्डारका पसलेहरुले नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डको धानको बीउ निर्वाध रुपमा बिक्री गरिरहेका छन् ।वीरगन्जको घण्टाघर आसपासका पसलहरुमा आधा दर्जन भन्दा बढी ब्राण्डका प्रतिबन्धित भारतीय धानको बिऊ खुल्ला रुपमा बिक्री भइरहेको छ । नेपालमा प्रतिबन्धित भारतीय धानको बीउ प्रयोग गर्दा किसानहरुलाइ जोखीम हुन सक्ने कृषि ज्ञान केन्द्र पर्साका प्राविधिक श्यामकिशोर प्रसाद कुर्मीले । नेपालमा भारतीय बिउको बिक्री वितरणमा प्रतिबन्ध छ, यादवले भने,‘ भारतीय बिऊको गुणस्तरियता भरपर्दो नहुने भएपनि किसानले ठूलो जोखिम मोल्दैछन् ।
पर्साका अधिकांश किसानले सोना मन्सुली, स्वर्णासब –१ , हर्दिनाथ –१ र साबीत्री जातको धानको खेती गर्दै आएका छन् । तर राष्ट्रिय बिउ बिजन केन्द्र हेटौंडाले उपलब्ध गराउने सरकारी अनुदानको धानको बीउका जात यहाका किसानहरुले त्यति प्रयोग गर्दैनन् । जसका कारण यहा आएको जातको धानको बीउ खदि गर्न किसानहरुले चासो नदेखाएको कुर्मीले बताए ।
उनले भने ,‘यहाँका ७० प्रतिशत किसानले सोना मन्सुली ,१५ प्रतिशत किसानले स्वर्णासब र १० प्रतिशत किसानले हर्दिनाथ जातको धानको खेती गर्छन ।
स्थानीय तहको निर्वाचन सकिएर पालिकामा नयाँ जनप्रतिनिधीहरुले काम शुरु गरिसकेका छन् । तर किसानलाइ धानको बीउ अनुदानमा उपलब्ध गराउन उनिहरुले चासो देखाएका छैनन् । पर्सागढी नगरपालिकाको कृषि शाखाका प्रमुख राजकुमार खत्रीले चैते धान खेतीका लागि मात्र नगरपालिकाले बीउ अनुदान सहयोग गर्ने गरेको बताए । उनले अगहनी धानको बीउमा नगरपालिकाको सहयोग नभएको र कृषक आफैंले त्यसको जोहो गर्दै आएको बताए ।
The post पर्सामा धानको बीउको अभाव,बजारबाट दोब्बर भाउमा बीउ किन्न किसान बाध्य appeared first on Madhes Khabar.