पर्साका सरकारी विधालयहरुमा दिवा खाजा कार्यक्रममा घोटाला

माधुरी महतो
वीरगन्ज,१४असार : सरकारले सामुदायिक विद्यालयमा पढ्ने बालबाबालिकाहरुका लागि दिवा खाजा कार्यक्रममा ठूलो स्रोत÷साधन खर्च गरिहेको छ । स्थानीय तहले पनि आफ्ना साधन÷स्रोत खाजाका लागि खर्च गरेको देखीन्छ । तर हाल अधिकाशं सामुदायिक विधालयहरुमा दिवा खाजा गुणस्तरहीन भएको तथा अधकच्चो खाने कुरा बालबालिकाहरुलाई खुवाउने गरिएको अभिभावकहरुले गुनासो गरेका छन् ।

विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गराउनुका साथै उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि पर्याप्त कार्बोहाइड्रेट, प्रोटिन, फ्याट तथा शरीरलाई चाहिने विभिन्न पोषक तत्त्व मिलाएर खाजा दिने व्यवस्था मिलाउन हरेक सामुदायिक विधालयमा दिवा खाजाको व्यवस्था गरीएको हो ।

तर विधालयहरुले भने नपाकेको खानेकुरा ,त्यो पनि चाहीने जति नदिईने गरेका कारण नामको लागि मात्रै दिवा खाजा भएको कारण बालबालिकाहरु खजा खान टिफिनका बेला घरमै आउने गरेको अभिभावहरु बताउँछन् ।

पर्साकी एक अभिभावक सुनैना देवी गुनासो पोख्दै भन्छिन् ,“ गरिबका बालबालिकालाई विधालयमा टिकाउन सरकारले दिवा खाजाको व्यवस्था त गर्यो तर हाम्रा बालबालिकालाइ विधालयले कस्तो खालको खाजा ख्वाउदै छ भन्ने निगरानी नै छैन , जसका कारण शिक्षकहरुले मनोमानी गरिरहेका छन् ।

उनि थप्छिन् ,‘कहिले अध्कच्चो त कहिले खाजा नै नभेटीने , कहिले आधा पेट खाजा मात्रै दिन्छन्, त्यहि भएर बालबालिकाहरु खाजा खान घर आईपुग्छन् , नामको लागि मात्रै खाजाको व्यवस्था गरेको जस्तो देखिन्छ , फाईदा त विधालयलाई होला हाम्रो बालबालिकालाई त छैन ।”

यसका साथै कतिपय विधालयहरुमा आर्थिक वर्षको अन्त्यमा सम्म पनि दिवा खाजा कार्यक्रम संचालन नभएको अभिभावकहरुले बताएका छन् । कतिपय अभिभावकले विधालयहरुमा दिवा खाजाको नाममा अध्कच्चो खाने कुरा दिईरहेको कारण बालबालिकाहरु विरामी समेत परेको उनीहरुको भनाई छ ।

पर्साकी एक अभिभावक सोना देवीले भनिन् , “काँचै पकाएर दिईने दिवा खाजाको कारण बच्चाहरु विरामी पनि पर्छन् , पेट नभरेर घर पनि आईपुग्छन् , बालबालिकालाई विधालयमा टिकाईराख्न र स्वस्थ्य राख्न यो व्यवस्था गरिएको भनिन्छ तर खाजामा पनि भेदभाव गरीन्छ , विधार्थीका लागि एक थरीको र शिक्षक शिक्षिकाको लागि अर्को थरीको खाजा पकाईन्छ ,सरकारका प्रतिनिधी आफै विधालयमा आएर खाजाको गुणस्तर निरीक्षण गर्न जरुरी छ । ”

दिवा खाजा कार्यक्रमको बजेट संघ सरकारबाट पालिकामा समयमा पठाईएपनि विधालयमा भने आर्थिक वर्षको अन्त अन्तमा मात्रै आपुग्ने गरेकोले दिवा खाजा वितरणमा समस्या हुने गरेको शिक्षकहरु बताउछन् ।

पर्साको सखुवा प्रसौनी गाँउपालिकाको श्रीपुर पचगावा माविका प्राध्यानाध्यापक शिवनाथ प्रसाद चौधरी दिवा खाजा कार्यक्रमको लागि आएको बजेट समयमै नआउदाा समस्या हुने गरेको बताउछन् ।उनि भन्छनन् ,‘ एक आर्थिक वर्षको अन्तिम तिर मात्रै बजेट निकासा भएर विधालयमा आउछ , जसका कारण पालिकामा सुरुमा दिएको विधार्थी संख्या भन्दा बढि विधार्थी हुन्छन् , जसका कारण सबैलाइ खाजा खुवाउदा रकम अपुगग हुन जान्छ ।यसका साथै प्रति विधार्थी १५ रुपैया तोकेर रकम आउने गरेको भन्दै त्यो रकम पनि अपुगत भएको उनि बताउछन् ।

 

शिक्षा मन्त्रालयको शिक्षा तथा मानवश्रोत विकास केन्द्रका निर्देशक गणेश प्रसाद पौडेलले भने दिवा खाजा कार्यक्रमको सन्चालन र नियमन गर्ने निकाय सम्बन्धित पालिका भएको बताउछन् ।उनी भन्छन् ,‘ यो कार्यक्रमको जवाफदेही स्थानीय पालिका र जनप्रतिनिधी हुन् , उनिहरुले नै यस तर्पm विशेषध्यान दिन जरुरी छ ।

 

The post पर्साका सरकारी विधालयहरुमा दिवा खाजा कार्यक्रममा घोटाला appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: पर्साका सरकारी विधालयहरुमा दिवा खाजा कार्यक्रममा घोटाला
पर्साका सरकारी विधालयहरुमा दिवा खाजा कार्यक्रममा घोटाला
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/285518409_2104523363052235_8918144834937279925_n.jpg?resize=751%2C338&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/06/blog-post_192.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/06/blog-post_192.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy