
माधुरी महत्तो
वीरगन्ज,१८जेठ : दाइजोको निहुमा नवविवाहीता छोरीको हत्या भएपछि न्यायका लागि बुबा कलामुद्धिन अन्सारी प्रहरी र अदालतमा धाउन थालेको १ वर्ष भइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय , पर्सा जिल्ला अदालत, उच्च अदालत हुदै सर्वोच्च अदालतमा पुगेका कलामुद्धिनले छोरीको हत्या भएको १ वर्ष बितिसक्दा पनि न्याय भने पाउन सकेका छैनन् ।
कलामुद्धिन भन्छन्‘ पुलिस र अदालत धाएको १ वर्ष भइसक्दा पनि न्याय भने पाउन सकेको छैनन् , जब सम्म छोरीका हत्या गर्ने पिपाशुहरुलाइ जेलमा पठादिन तब सम्म म हिम्मत पनि हार्दिन ।
जिल्ला अदालत र उच्च अदालतल अस्थायी इजलाश वीरगन्जले आरोपितकै पक्षमा फैसला गरे पछि चित्त नबुझेर कलामुद्धिनले २०७८ साउन २९ गते सर्वोच्च अदालतमा थुनछेकका लागि निवेदन दिएका थिए । तर २०७८ असोज ८ देखि २०७९ बैशाख १९ सम्म १० वटा पेशी हुदा समेत उनको मुद्धामा अहिले सम्म एउटा पनि बहश भएको छैन ।
गहभरी आँशु पार्दै कलामुद्धिन भन्छन् ,‘ सर्वोच्चमा पेशी चढाउने मुद्धा फाटका प्रमोद ढकाललाइ पेशीका बारेमा सोध्दा उल्टै धेरै किच किच नगर नत्र पुलिस लगाएर थुनाइ दिन्छु भनेर धम्की दिन्छन् ।
कहि न्याय नपाएपछि अन्तिम भरोसा न्यायलय माथि हुने गरेको भएपनि सर्वोच्च अदालतबाटै भइरहेको हेलचेक्रयाइले आफुले न्याय पाउनुको सट्टा झन पिडा खेपिरहेको दुखेसो कलामुद्धिन पोख्छन् ।
कलामुद्धिन भन्छन्‘ पेशीको मिति तोकियो भनेर फोन आएपछि काठमाण्डौ पुग्छु तर त्यहा पुगेपछि बहश नै हुदैन , अनि निराशा बोकर घर फर्किन्छु ,काठमाण्डौ आउजाउ गर्दा अहिले सम्म ५० हजार भन्दा बढि खर्च पनि भइसक्यो ।
उता अदालतले न्याय नै नदिएको यता छोरीका हत्याराहरु खुलेआम गाँउघरमा घुमेको देख्दा मन झन् भत्भति पोल्ने गरेको कलामुद्धिन बताउछन् ।

कलामुद्धिनका अनुसार घटना के हो ?
पर्साको बहुदरमाइ नगरपालिका २ सिसियाडी बैरियाका कलामुदिन अन्सारीकी छोरी रबिना खातुनको विहे वीरगन्ज १७ अलौंका रोज अन्सारीका छोरा सहाजिम अन्साारीसंग २०७७ असोज २६ मा धार्मिक रितिरिवााजज अनुसार भयो ।
छोरीको विहेमा बुबा कलामुद्धिनले दाइजो स्वरुप नगद ३ लाख , १ तोला सुन , काठका फर्निचर गरि ७ लाख रुपैया खर्च पनि गरे ।
विहेमा कलामुद्धिनले ज्वाइ साहदिनलाइ मोटरसाइकल पनि दाइजो दिने सकारेका थिए तर खर्च बढि भइकसेका कारण उनले विहेमा मोटरसाइकल दिन सकेनन् । विहेबारी सकेर खाडी मुलुकमा कमाउन जाने र त्यहबाट फर्किए पछि मोटरसाइकल किनेर ज्वाइलाइ दिने वाचा त्यस बेला कलामुद्धिनले गरेकै थिए ।
तर विहेमा त्यहि मोटरसाइकल नदिएकै निहु उनको छोरीको काल बनेर आयो ।
कलामुद्धिन भन्छन्,‘ विहेकै बेला ऋण खोजेर भएपनि मोटरसाइकल दिन सकेको भए आज मेरो छोरी जिउदै हुन्थि , दाइजोका लोभीहरुले त्यहि नपाएकै निहुमा मेरी कलकलाउदी छोरीको हत्या गरिदिए ।
२०७८ बैशाख ३ गतेका दिन कलामुद्धिनकी विवाहिता छोरी रबिनाको , पति सहाजिम, सासु नूरजहा खातुन र जेठानी सफिना खातुनले शारिरिक यातना दिएर हत्या गरेको कलामुद्धिनको आरोप छ ।
दाइजोमा सकारेको मोटरसाइकल नदिएको निहुमा छोरी रबनिालाइ उसका पति र सासुले पटक पटक यातना दिदै कुटपिट गर्दै आएको र २०७८ बौशख ३ मा कुटपिटकै क्रममा छोरीको मृत्यु भएको दाबी कलामुद्धिनको छ ।
कलामुद्धिनका अनुसार , २०७८ बौशख ३ छोरी रबिनाका ससुरा रोज अन्सारीले कलामुद्धिनलाइ फोन गरेर रबिनाले झुण्डिएर आत्म हत्या गरेको खबर गरेका थिए । त्यो खबर पाए लगत्तै बुबा कलामुद्धिन छोरी रबिनाको घरमा पुगे । त्यहा पुग्दा पासो काटेर रबिनको शव ओछयानमा राखिएको थियो । मृतक रबिनाको गालामा चोटपटक लागेको घाउ थियो । ओठ पनि काटिएको थियो ।
प्रहरीले मुचुकल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल लैजाने क्रममा कलामुद्धिन पनि शववसंगै जान खोजे तर प्रहरीले शव बुझन भोलि आउन भन्दै संगै लिएर जान मानेन । भोलिपल्ट शवको पोष्टमार्टम पछि छोरीको शव बुबा कलामुद्धिनले बुझन खोजे तर प्रहरीले शव ज्वाइ सहाजिमलाइ बुझायो ।
शवको प्रकृति हेर्दा पासो लगाएर आत्म हत्या गरेको नभइ कुटपिट गरेर मारेको जस्तो देखे लगत्तै बुबा कलामुद्धिनको मनमा आंशका उत्पन्न भइसकेको थियो । त्यसैले उनि शवसंगै अस्पताल जान खोजेका थिए । शव आफै बुझन पनि खोजेका थिए । तर प्रहरीले उनको कुरा नसुनेपछि कलामुद्धिनको आशंका झन बढ्दै गएको थियो ।
त्यहि भएर उनले शवको पोष्टमार्टम गरिए लगत्तै ज्वाँइ सहाजिम र सम्धिनी नूर जहालाइ तत्कालै पक्राउ गर्न प्रहरीलाइ आग्रह पनि गरेका थिए । तर उनको आग्रह प्रहरीले सुन्दै सुनेन । त्यसपछि उनि जाहेरी लिएर २०७८ बैशाख ४ गते नै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगे । तर त्यहा पनि प्रहरीले उनको जाहेरी लिन मानेन । शवको पोष्टमार्टम रिपोर्ट २०७८ जेठ २४ गते आएपछि मात्रै अर्थात घटना भएको २९ दिन पछि मात्रै प्रहरीले कलामुद्धिनको जोहरी लिएर दर्ता गरयो । नारायणी अस्पतालका चिकित्सक डाक्टर अजित कुमार साहले हस्ताक्षर गरेको पोष्टमार्टम रिपोर्टमा भने रबिनाको मृत्युको कारण झुण्डिएर मरेको उल्लेख छ ।
तर कलामुद्धिन भन्छन्‘ डाक्टरले रिपोर्टमा जे सुकै लेखेपनि मेरी छोरीले आत्महत्या गरेकै होइन , कुटपिट गरेर मारेका हुन् , त्यसको प्रमाण भनेको गालामा चोटपटक लागेको घाउ थियो , ओठ काटिएको थियो , हुन सक्छ कुटपिट गरेर मारेपछि उनिहरुले नै पासो लगाएर झुण्ड्याइ दिएका हुन् ।
उनि भन्छन्‘ अर्को प्रमाण पनि छ त्यो के हो भने घटना भएको दिन प्रहरी घरमा पुग्दा शव , पहिले नै पासो काटेर ओछयानमा सुताइएको अवस्थामा राखिएको थियो,यो कुरा मलाइ प्रहरीले नै त्यस बेला भनेको थियो ।
२०७८ जेठ २४ गते प्रहरीले जाहेरी दर्ता गरेकै दिन मृतक रबिनाका पति सहाजिमलाइ प्रहरीले पक्राउ गरेको थियो ।त्यसपछि मृतक रबिनाका सासु नुरजाहा र जेठानी सफिना आफै प्रहरीमा हाजिर भएका थिए ।
२०७८ अषाढ ३ मा पर्सा जिल्ला अदालतका न्याायधिश उद्धव प्रसाद गजुरेलको इजलाशले घटनामा मृतककी सासु नुरजहा निर्दोष नै छिन् भन्न सकिने नभएपनि नीजलाइ थुनामा राख्नु पर्ने अवस्था नभएकाले १ लाख रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अर्का आरोपितद्व मृतक रबिनाका पति सहाजिम र जेठानी सफिनालाइ भने पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि वीरगन्ज कारागारमा पठाइदिन आदेश दिएको थियो ।
त्यसपछि आरोपित पक्षले उच्च अदालत अस्थायी इजलाश वीरगन्जमा पनरावेदन गरेका थिए । २०७८ अषाढ २४ गते उच्च अदालत अस्थायी इजलाश वीरगन्जका न्यायधिशद्वय शारङगा सुबेदी र गणेश प्रसाद बरालको संयुक्त इजलाशले भने पर्सा जिल्ला अदालतले आराोपितद्व सजाजिम र सफिनाको हकमा गरेको आदेश बदर गर्दै दुवै संग जनही १/१ लाख रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेश पछि दुवै जना धरौटी रकम बुझाएर रिहा पनि भएका थिए ।
तर उच्च अदालतको उक्त फैसला प्रति चित्त नबुझेका मृतक रबिनाको बुबा कलामुद्धिनले २०७८ साउन २९ गते सर्वोच्च अदालतमा थुनछेकका लागि निवेदन दिएका थिए । तर २०७८ असोज ८ देखि २०७९ बैशाख १९ सम्म १० वटा पेशी हुदा समेत उनको मुद्धामा अहिले सम्म एउटा पनि बहश भएको छैन ।
The post दाइजोको निहुमा मारिएकी रबिनाका बुबा भन्छन्–अदालतले पनि सुनेन अब कहा जाउ ? appeared first on Madhes Khabar.