तारा एयरको विमान दुर्घटना – भेटियो ब्ल्याक बक्स

मधेसखबर
वीरगन्ज,१७जेठः
मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा गत आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको विमानको ब्ल्याक बक्स भेटिएको छ ।
दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले मङगलबार बिहान दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेट्याएको हो । टोलीका ७ सदस्यमध्येका एक विनायकजय मल्लले जहाजको ब्ल्याक बक्स भेटाएको जानकारी दिएका हुन् ।
ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको सबै रेकर्ड रहने भएकाले हवाई जहाज दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।
यसैबीच विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव पनि भेटिएको मल्लले जानकारी दिए ।मल्लले भने,‘ सबै २२ वटा शव र ब्ल्याक बक्स भेटियो र हामी मिसन कम्प्लिट गरेर त्यहाँबाट फर्किसक्यौं,’ ।
सोमबारसम्म भिरमा अड्किएको शव निकाल्न बाँकी थियो भने हराइरहेको अर्को एउटा शवको खोजी जारी थियो । मङगलबार बिहान भने सबै शव संकलनको काम सकिएको छ ।
घटनास्थलबाट संकलन गरिएका शव मङगलबार बिहान कोवाङ ल्याइएको र ती शवलाई काठमाडौं पठाउने तयारी भइरहेको मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिए । मानापाथी हिमालको फेदीमा संकलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको थियो ।
सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट १० शव काठमाडौं ल्याइएको थियो । ती शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रिया पूरा गरी शव आफन्तलाई जिम्मा लगाइँदै छ ।
३ जना चालक दलका सदस्य र १९ जना यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

भौगोलिकरूपमा विकट भएकाले शव र यात्रुका सामान संकलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको छ । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थलसम्म पुग्न चार घण्टा उकालो हिंड्नुपर्छ ।साभारःअनलाइन खबर

The post तारा एयरको विमान दुर्घटना – भेटियो ब्ल्याक बक्स appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: तारा एयरको विमान दुर्घटना – भेटियो ब्ल्याक बक्स
तारा एयरको विमान दुर्घटना – भेटियो ब्ल्याक बक्स
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/05/Tara-Air-Crash-at-Mustang-4-1-1024x472-1.jpg?resize=1024%2C472&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/05/blog-post_867.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/05/blog-post_867.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy