
मधेस खबर
वीरगन्ज,१७जेठ :जनता आवास कार्यक्रम बाराका संयोजक पारस प्रसाद साहले संयोजक पदबाट राजीनामा दिएका छन् ।
बारा निर्वाचन क्षेत्र ३ को ख का प्रदेशसभा सदस्य समेत रहेका साहले मङगलबार मधेस प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवलाइ राजीनामा पत्र पनि बुझाएका छन् ।
जनता आवाास कार्यक्रम सन्चालनका लागि बारा जिल्लाको संयोजक आफु भएपनि सहरी भवन कार्यालयका प्रमुखले गरेको मनोमानी माथि आफुले अंकुश लगाउन खोज्दा नटेरेको , प्रदेशका मुख्यमन्त्री र सम्बन्धित मन्त्रीलाइ पटक पटक ध्यानाकर्षण गराउदा पनि कुनै वास्ता नगरेपछि आफुले राजीनामा दिएको साहले बताएका छन् ।
साहको राजीनामा पत्रमा आफु संयोजक हुदा पनि आफनो कुरा कर्मचारीले नटेरेको , यस बारे मुख्यमन्त्री र मन्त्रीलाइ जानकारी गराउदा पनि कुनै वास्ता नगरिएपछि पदमा बसि रहन उचित नभएकाले राजीनामा दिएको भनेर उल्लेख छ ।
सहरी भवन कार्याालयका प्रमुखले विगत ८ महिना देखि बैठक पनि नराखेको , बैठक बोलाउन पटक पटक आग्रह गर्दा पनि नटेरेको ,प्रदेश सरकारबाट बारा जिल्लाको कार्यक्रमका लागि आएको रकम रकमान्तर गरेर रौतहटमा पठाएको , निर्देशीका विपरित आफनो मनोमानी तरिकाले कार्यक्रम सन्चालन गर्न खोजेको आरोप साहले लगाएका छन् ।
यस बारेमा प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री यादवलाइ र मुख्यमन्त्री लालबाबु राउतलाइ भेटेरै पटक पटक जानकारी गराउदा पनि कार्यालय प्रमुख माथि कुनै अंकुश नलागएको गुनासो साहको छ ।
The post बाराका प्रदेश सांसद साहद्धारा राजीनामा appeared first on Madhes Khabar.