जहाज दुर्घटनास्थलबाट शेरचनले भने– कोही जीवित भेटेनौं

तस्वीरः सुशीलबाबु थकाली

मधेसखबर
वीरगन्ज,१६जे
ठः तारा एयरको दुर्घटनाग्रस्त विमान भेटिएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्द्रसिंह शेरचनले दुर्घटनास्थलमा कोही पनि जीवित अवस्थामा नभेटिएको बताएका छन् ।
उनले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको पनि जानकारी दिएका छन् ।शेरचनका अनुसार , पाइलटको मोबाइल फोन लोकसेन र विमानको जिपीएसको आधारमा त्यसक्षेत्रमा दुर्घटनाग्रस्त विमानको खोजी भइरहेको थियो । तर आइतबार अन्धकारका कारण खोजी सम्भव नभएको भन्दै नेपाली सेनाको खोजी तथा उद्धार टोली जोमसोम फर्किएको थियो ।
शेरचनले भने ,‘ ‘म, सुमित गौचन भन्ने भाइ र नेपाल प्रहरीका एकजना इन्स्पेक्टर यार्सागुम्बा खोज्ने किसानसँगै राति यहीँ बसेका थियौं,’ बिहान माथि गएका किसानले देखेपछि खबर गरेका थिए, हामी त्यहाँ पुगेर प्रहरीलाई खबर गरेका हौं ।’
त्यही आधारमा भर्खरै नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत घटनास्थलमा पुगेको उनले बताए । ‘शवहरु जलेको अवस्थामा छैनन्, क्षतविक्षत भए पनि कतिपय अनुहार चिन्न सकिने अवस्थामा छ,’ यो गत २८ कात्तिकमा हिमपहिरो गएको मानापाथी हिमालको फेदीमा सानोशेरे भन्ने स्थान हो ।’
आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । सोमबार बिहानैबाट पुनः खोजी थालिएको थियो ।
नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।
जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् । साभार : अनलाइनखबर

The post जहाज दुर्घटनास्थलबाट शेरचनले भने– कोही जीवित भेटेनौं appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: जहाज दुर्घटनास्थलबाट शेरचनले भने– कोही जीवित भेटेनौं
जहाज दुर्घटनास्थलबाट शेरचनले भने– कोही जीवित भेटेनौं
https://i1.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/05/Tara-Air-9-AET-Crash-at-Mustang.jpg?resize=900%2C676&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/05/blog-post_683.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/05/blog-post_683.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy