स्थानीय चुनावमा कुन दलले कति मत पाए

मधेस खबर
वीरगन्ज,१७जेठ
: दशेभरका कुल ७ सय ५३ पालिका मध्ये बाजुराको बुढीगंगा नगरपालिका बाहेक ७ सय ५२ स्थानीय तहकै अन्तिम मत परिणाम आइसकेको छ ।
कांग्रेसले पालिका प्रमुखमा झन्डै ४४ प्रतिशत हिस्सा हात पारे पनि सातै पद (प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र दुई खुला सदस्य) को हिसाब निकाल्दा एमालेले सबैभन्दा बढी मत पाएको छ ।
कांग्रेसले सबैभन्दा बढी ३ सय २९ पालिकाको नेतृत्व पाएको छ । एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६ र अन्य पार्टी तथा स्वतन्त्रले ३१ पालिकामा प्रमुख जितेका छन् ।
यसमा निर्वाचन आयोगले उपलब्ध गराएको उदयपुरको त्रियुगा नगरपालिकाबाहेकको तथ्यांक विश्लेषण गरिएको हो । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः निर्वाचन हुँदै छ । ७ सय ५१ पालिकामा सातै पदमा गरी ७ करोड ५८ लाख ९ हजार ७ सय ३२ मत सदर भएको थियो । जसमध्ये एमालेले २ करोड ५८ लाख ७३ हजार ९ सय १३ मत पाएको छ । यो कुल सदर मतको ३४ दशमलव १३ प्रतिशत हो । एमालेले पालिका प्रमुख र अध्यक्षमा सबैभन्दा बढी ३८ लाख ९ हजार ६ सय ९१ मत पाएको छ ।

एमालेले २०७४ को निर्वाचनमा सातै पदमा गरी २ करोड १४ लाख ५० हजार मत पाएको थियो । त्यति बेला एमालेका पालिका प्रमुख र अध्यक्षका उम्मेदवारले ३१ लाख मत पाएका थिए । त्यस्तै वडाध्यक्षले प्राप्त गरेको मत ३१ लाख रहेकामा यसपालि ३८ लाख मत खसेको छ । अघिल्लो चुनावमा भन्दा यसपालि कुल मतदाताको संख्या ३६ लाख ६१ हजार बढी थियो ।
स्थानीय तहको निर्वाचनमा दोस्रो मत कांग्रेसले पाएको छ । कांग्रेसले एमालेको भन्दा ८ लाख ४७ हजार ९ सय ९४ मत कम पाएको छ । कांग्रेसका सातै पदका उम्मेदवारले २ करोड ५० लाख २५ हजार ९ सय १९ मत पाएका छन् । यो कुल सदर मतको ३३ प्रतिशत हो । कांग्रेसले २०७४ मा २ करोड ८ लाख ७४ हजार मत पाएको थियो । २०७४ मा अध्यक्ष र प्रमुखमा कांग्रेसले ३१ लाख मत पाएकामा यसपालि ३७ लाख मत खसेको छ । वडाध्यक्षमा पाँच वर्षअघि ३१ लाख पाएको कांग्रेसले यसपालि ३९ लाख पु¥याएको छ ।

माओवादीले सदरमध्ये १ करोड १ लाख ३२ हजार ३ सय १५ अर्थात् १३ दशमलव ६५ प्रतिशत मत पाएको छ । उसले पाँच वर्षअघि सातै पदमा १ करोड १२ लाख १४ हजार १ सय ३३ मत पाएको थियो । माओवादीले २०७४ मा भन्दा १० लाख ८१ हजार ८ सय १८ मत कम पाएको हो । २०७४ को निर्वाचनमा माओवादीले प्रमुख÷अध्यक्षमा १६ लाख मत पाएकामा यसपालि १३ लाख मात्रै खसेको छ । वडाध्यक्षमा पनि २०७४ मा १६ लाख ७८ हजार मत पाएको माओवादीले यसपालि १५ लाख मात्रै पाएकाो छ ।
पहिलोपटक मतदातामाझ गएको नेकपा एकीकृत समाजवादीले ३ दशमलव ९३ प्रतिशत मत पाएको छ । उसका उम्मेदवारले सातै पदमा गरी २९ लाख ८४ हजार ६ सय ७९ मत ल्याएका छन् । २०७४ मा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले ३८ लाख ७२ हजार मत पाएको छ । यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमले पाँच वर्षअघि २७ लाख मत पाएको थियो । महन्थ ठाकुरसहितले नेतृत्व गरेको राष्ट्रिय जनता पार्टीले २०७४ को चुनावमा १७ लाख ६१ हजार मत पाएको थियो । ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले यसपटक १६ लाख ४५ हजार मत मात्रै पाएको छ । राप्रपाले पाँच वर्षअघि २० लाख मत पाएकामा यसपालि २६ लाख ७३ मत पाएको छ ।

यसपालिको स्थानीय चुनावमा सत्तारूढ दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले विभिन्न पालिकामा तालमेल गरेका थिए । तालमेलका कारण कांग्रेस र माओवादीले पालिका नेतृत्वमा जित बढाएका हुन् । माओवादीले पाएको मत भने पाँच वर्षअघिको तुलनामा कम छ । एमालेले न्यून पालिकामा तालमेल गर्दा गएको स्थानीय तहभन्दा कम पालिका जिते पनि मत बढेको देखिन्छ ।

निर्वाचन आयोगका अनुसार यसपालि १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेकामा १ करोड २१ लाख ८२ हजार ४ सय ४९ जना अर्थात् ६८ दशमलव ७ प्रतिशतले मतदान गरेका थिए । जसमा करिब साढे १३ लाख मत बदर भएको छ । साभारःकान्तिपुर

The post स्थानीय चुनावमा कुन दलले कति मत पाए appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: स्थानीय चुनावमा कुन दलले कति मत पाए
स्थानीय चुनावमा कुन दलले कति मत पाए
https://i2.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/05/vote-.jpg?resize=952%2C483&ssl=1
utthan weekly
https://www.utthan.com.np/2022/05/blog-post_632.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/05/blog-post_632.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy