गठबन्धनका साझा उम्मेदवार राजेशमान र इमित्याजलाई जिताउन चौरसिया र अमात्यको घरदैलो


वीरगञ्ज, १९ वैशाख । सत्ता गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको मेयरका साझा उम्मेदवारलाई विजयी बनाउन जसपा र कांग्रेसले घरदैलो कार्यक्रमलाई तिब्र बनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का मेयरका उम्मेदवार राजेशमान सिँह र नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार इम्तियाज आलमलाई जिताउन नियमित रुपमा ५ दलका नेता कार्यकर्ताहरुले घरदैलो गरीरहेका छन् ।

सोही क्रममा आइतवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिरसियाका वडाबासीसँग छलफल तथा भेटघाट गरिएको छ ।  भेटभाटमा जसपा र कांग्रेसका दिग्गज नेताहरुको उपस्थिति रहेको थियो ।

गठबन्धनलाई कांग्रेस पर्साको एउटा ठूलो समूहले समर्थन नगर्ने चर्चा चलिरहेको बेला पार्टीभित्र रहेका दुवै समूहले गठबन्धनका साझा उम्मेदवारहरुका लागि भोट माग्न थालेका छन् । शनिबार मात्रै कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन वीरगञ्ज महानगरपालिका वडा नम्बर ९, १० र ११ का कार्यकर्ताहरुको सहभागितामा ठूलो जुलुस निकालेका थिए ।

चौरसिया एक ठाउँमा जुलुस निकाली रहँदा कांग्रेस पर्साका प्रभावशाली नेता एवं संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य वीरगञ्जका मेयर उम्मेदवार राजेशमान सिंह र उपमेयर उम्मेदवार इम्तियाज आलमसँग वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ मा घरदैलो गरिरहेका थिए  ।

चौरसिया र अमात्य कांग्रेस पर्सामा रहेको दूइ समूहको नेतृत्व गर्छन । तर अहिले कांग्रेसको दुवै समूहले आपसी मतभेदलाई अन्त्य गर्दै गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन कसरत गरिरहेका छन् ।

गठबन्धनलाई विजयी बनाउने सिरसियाका वडाबासी पनि सकारात्मक छन् । सिंहले पनि स्थानीयसँग गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।

उपमेयरका उम्मेदवार आलमले वडाबासीले पूर्ण रुपमा गठबन्धनलाई नै साथ दिने विश्वास व्यक्त गरेका छन् ।

घरदैलोमा जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, जसपाका नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: गठबन्धनका साझा उम्मेदवार राजेशमान र इमित्याजलाई जिताउन चौरसिया र अमात्यको घरदैलो
गठबन्धनका साझा उम्मेदवार राजेशमान र इमित्याजलाई जिताउन चौरसिया र अमात्यको घरदैलो
https://blogger.googleusercontent.com/img/a/AVvXsEh0MfpPOd9mcCry4VPin0nNI68I2PllH8wza5kJwsRrjCTtwANZMTT-VwqvnMj-W72b2QNzrIH5aSot_argh3FcbiaKyXHh6rkmOesvDF4mV_0XmUSsTDC1bXO4TI181pcz9IOCJjCjrtiHpDlmY1Kcd3oCb76kA7KrFgSxKsgS9zO4u7CfIp4AlbJc5Q=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEh0MfpPOd9mcCry4VPin0nNI68I2PllH8wza5kJwsRrjCTtwANZMTT-VwqvnMj-W72b2QNzrIH5aSot_argh3FcbiaKyXHh6rkmOesvDF4mV_0XmUSsTDC1bXO4TI181pcz9IOCJjCjrtiHpDlmY1Kcd3oCb76kA7KrFgSxKsgS9zO4u7CfIp4AlbJc5Q=s72-c
utthan weekly
https://www.utthan.com.np/2022/05/blog-post.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2022/05/blog-post.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy