बारा, १८ जेष्ठ : नेपाली कांग्रेसका युवा नेता लोकेश सिंहले युवाहरुलाई उद्योगमा लगानीका लागि आकर्षित गर्न सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिएका छन् ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ मा युवाउद्यमी लालबाबु मण्डलले सञ्चालनमा ल्याएको जीएस फुड प्रोडक्ट प्रालीको बिहीबार उद्घाटन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसको बारा क्षेत्र नम्बर–४ (ख) का सभापति समेत रहेका युवा नेता सिंहले मण्डलजस्ता युवा युद्यमीहरुको सराहनीय कार्यले बेरोजगारी समस्या समाधानमा ठूलो सहयोग पुग्ने धारणापनि राखे । सिंहले भने,‘ युवाहरुलाई स–साना उद्योग खोल्ने तर्फ आकर्षित गर्न सरकारले विशेष योजना ल्याउनु पर्छ ।
करिब २० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको जीएस फुड प्रोडक्ट प्रालि उद्योगले पापड, दालमोठ, मसला लगायतका खाद्यान्न सामग्री उत्पादन गर्ने उद्योगका सञ्चालक मण्डलले जानकारी गराए । उद्योगले महिला र पुरुष गरि ३५ जनालाई रोजगारी पनि दिएको उनले बताए ।उद्योगबाट उत्पादित सामग्री चितवन, हेटौंडा, जनकपुर लगायतका शहरमा पु¥याउने लक्ष्य रहेकोे संचालक मण्डलले जानकारी दिए ।
The post युवा उद्यमीलाई प्रोत्साहित गर्न सरकारले विशेष योजना ल्याउनु पर्छ : कांग्रेस नेता सिंह appeared first on Madhes Khabar.