बचतकरतक करड रकम फरत नगरक भनद सन पइल सहकरम परदरशन

वीरगन्ज,३२जेष्ठ : वीरगन्ज १० आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताकाे कराेडाैं रकम फिर्ता नगरेकाे भन्दै पिडत बचतकर्ताहरुले प्रदर्शन गर्दै धर्ना दिएका छन् ।
काठमाडौँको कालिमाटीमा प्रमुख कार्यालय भएको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको वीरगन्जस्थित शाखाले बचत गरेकाे रकम फिर्ता नगरेकाे भन्दै बिहीबार  सयाैंकाे संख्यामा पुगेका बचतकर्ताहरुले प्रदर्शन गर्दै धर्ना दिएका हुन् ।
सहकारीमा जम्मा गरिएकाे बचतकर्ताको १ अर्ब भन्दापनिबढी रकम सहकारीका सञ्चालकले फिर्ता नगरेकाे बचतकर्ताहरुकाे आरोप छ । सहकारीमा बचत गरेकाे रकम झिक्न जाँदा संस्थामा हाल रकम नभएकाे भन्दै कर्मचारीले फिर्ता पठाईदिने गरेकाे बचतकर्ताहरुकाे गुनासाे छ ।सहकारीको वीरगन्ज शाखाकी प्रमुख कार्यकारी अधिकृत तस्बिरन खातुन पनि हाल सम्पर्कविहिन रहेकाे उनिहरुकाे भनाई छ।
सहकारीमा जम्मा गरेकाे रकम झिक्न एक महिनादेखि सहकारीको कार्यालय धाउँदा पनि पैसा फिर्ता नपाएपछि बिहिबार बचतकर्ताहरुले सहकारीमा पुगेर प्रदर्शन गर्दै धर्ना दिएका हुन् ।
धर्नामा सहभागीहरुले  “खुद्रा व्यापारीले प्रति दिन जम्मा गरेकोरकम फिर्ता पाउँ”, “सञ्चालक समितिको सदस्यहरुको नाम फोन नम्बर र ठेगाना सार्वजनिक गरी पाउँ”, “घरमा विवाह संस्कारको लागी जम्मा गरेको बचत रकम फिर्ता पाउँ”, “स्वास्थ्य तथा उपचारको लागी बचत गरेको मुद्दती रकम फिर्ता पाउँ” लगायत नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।
बचतकर्ताहरुकाअनुसार एक वर्षदेखि सहकारीका कर्मचारीले जम्मा भएको पैसा फिर्ता दिएका छैनन् । स्वास्थ्य उपचारको लागि थोरैथोरै गरेर जम्मा गरेको पैसा आवश्यकता परेको बेला फिर्ता नपाउँदा आफू विचल्लीमा बचतकर्ता अङ्कित अग्रवालले बताए । ‘आँखाको उपचारका लागि ठूलो रकम चाहिन्छ भनेर प्रत्येक महिना मिहिनेत गरेर कमाएको २०/२५ हजार जम्मा गर्दै आएको थिए । १० लाख जती एफडी पनि गरेको छु,’ अग्रवालले भने, ‘आज उपचार गराउने समय आउँदा सहकारीले पैसा दिरहेको छैन । अब मैले आफ्नो उपचार कसरी गराउने ?’
केहि महिना अगाडिसम्म सहकारीले दैनिक पाँच हजारको दरले पैसा दिएपनि पछिल्लो समय त्यो पनि नपाएको बचतकर्ताहरुको गुनासो छ । ‘हामीहरु पैसा माग्न पुगेपछि पाँच/पाँच हजारको दरले दिन्छौँ भनेर शाखा प्रमुखले भनेकी थिइन् । केहि त्यसैगरी पैसा पायो पनि,’ बचतकर्ता विक्रम सर्राफले भने, ‘अहिले त्यो पनि पाउँन छोडेको छ । अत्ती भएपछि हामी आज धर्ना दिन बाध्य भयौँ ।’
छोरीको विवाहको लागि जम्मा गरेको पैसा पनि सहकारीले फिर्ता नगरेको अर्का बचतकर्ता रामबाबु कलवारले बताए । ‘जग्गा बेचेर श्रीमतीको नाममा खाता खोली ६ लाख रुपैयाँ जम्मा गरेको छु, प्रत्येक दिन ५००/१००० को दरले पनि पैसा जम्मा गर्दै आएको थिए,’ कलवारले सुनाए, ‘अहिले छोरीको विवाहको बेला पैसा पाउँन सकिरहेको छैन । सञ्चालकहरुको अत्तोपत्तो छैन, वीरगन्ज शाखाका प्रमुखहरु पनि सम्पर्कविहिन छन् ।’
सहकारीकाे वीरगन्ज शाखाका सहायक ऋण अधिकृत रविन्द्र यादवले भने सहकारीका सञ्चालकहरु फरार नभएको बताए । बचतकर्ताहरुको पैसा फिर्ता दिन ढिलाइ भएको स्वीकार्दै उनले भने, ‘बजारमा चलिरहेको आर्थिक मन्दीका कारण समस्या भएको हो । हामी सञ्चालकहरुसँग निरन्तर सम्पर्कमा छौँ, अर्को सातादेखि पैसा बचतकर्ताहरुले पैसा फिर्ता पाउँनु हुन्छ,’ ।सहकारी मर्जरको प्रक्रियामा रहेको कारण पनि बचतकर्ताको पैसा फिर्ता गर्न ढिलाइ भएको यादवले बताए ।
यता वीरगन्ज महाागरपालिका कार्यालयले पनि सहकारीका सञ्चालकलाई सात दिन भित्र हाजिर हुन सार्वजनिक सुचना मार्फत दाेश्राेपटक निर्देशन दिएकाे छ ।महानगरपालिका कार्यालयमा सहकारी विरुद्ध २० भन्दा बढी बचतकर्ताहरुकाे उजुरी परेपछि  यसअघि महानगरपालिकाले जेष्ठ १६ गतेभित्र सञ्चालकहरुलाई महानगरपालिकामा उपस्थित हुन पत्र काटेकाे थियाे ।तर उक्त समयभित्र सहकारी सञ्चालकहरु उपस्थिति नभएपछि जेष्ठ ३१ गते फेरि महानगरपालिकाले सार्वजनिक सुचना नै जारी गर्दै सात दिनभित्र महानगरपालिका कार्यालयमा हाजिर हुन निर्देशन दिएकाे हाे ।
उक्त सुचनामा भनिएकाे छ – सञ्चालकहरुलाई महानगरपालिका कार्यालयमा पटक पटक छलफलमा बाेलाउदा पनि उपस्थित नभएकाे र साे संस्था सहकारी ऐन तथा नियमावली बमाेजिम समस्याग्रस्त रहेकाे बुझिएकाले त्यस संस्थालाई समस्याग्रस्त संस्था घाेषणा गर्नु नपर्ने भए याे सुचना प्रकाशित भएकाे मितिले ७ दिनभित्र आवश्यक कागजात सहित महानगरपालिकामा उपस्थित हुन सुचित गरिन्छ  सहकारीलाई संकटग्रस्त सहकारी किन घाेषणाा नगर्ने ? भनेर सार्वजनिक सुचना जारी गरेकाे मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।
अबपनि सहकारीका सञ्चालक उपस्थिति नभएमा सहकारी ऐन तथा नियमावली बमाेजिम उक्त सहकारी विरुद्ध  महानगरपालिकाले आवश्यक कारबाही प्रकृया अगाडि बढाउने घिमिरेले बताए ।

The post बचतकर्ताकाे कराेडाैं रकम फिर्ता नगरेकाे भन्दै सानाे पाइला सहकारीमा प्रदर्शन  appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: बचतकरतक करड रकम फरत नगरक भनद सन पइल सहकरम परदरशन
बचतकरतक करड रकम फरत नगरक भनद सन पइल सहकरम परदरशन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/06/IMG-20230615-WA0035.jpg?resize=1400%2C1054&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/06/blog-post_63.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/06/blog-post_63.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy