वीरगन्ज,३२जेष्ठ : नागरिकताकाे माग गर्दै काठमाडौंकाे माइतीघर मण्डलामा जारी नागरिकता विहिनहरुकाे आन्दोलनमा जनमत पार्टी पर्साका नेता कार्यकर्ताहरुले पनि ऐक्यबद्धता र समर्थन जनाएका छन् ।
राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशन भईसकेकाे नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश दिएपछि नागरिकताविहिन जन्मसिद्ध नागिरकका सन्तानहरूले माइतीघर मण्डलमा जेष्ठ २४ गतेदेखि धर्ना दिदैं प्रदर्शन गर्दै आइरहेका छन् ।
उक्त धर्नास्थलमा बिहीबार पुगेर जनमत पार्टी पर्साका संयाेजक ओमप्रकाश सर्राफले ऐक्यबद्धता र समर्थन जनाएका हुन् । धर्नामा बाेल्दै सर्राफले संविधानमा उल्लेख हुदाँका बाबजुदपनि लाखौं युवायुवतीहरुलाई वर्षाैदेखि अनागरिक बनाएर राख्नु राज्यका लागि नै लज्जाकाे विषय भएकाे बताए ।
सर्राफले मधेस आन्दोलनकाे मागहरु मध्ये नागरिकतापनि एक प्रमुख माग भएकाे स्मरण गराउँदै अबपनि नागरिकताकाे समस्या समाधान नगरिए देशकै लागि दुर्भाग्य हुने चेतावनी समेत दिए ।
नागरिकता विहिनहरुकाे जारी आन्दोलनप्रति सम्पूर्ण परिवर्तनकारी जनताकाे समर्थन र साथ रहेकाे उनले बताए । नागरिकताकै समस्या समाधानकालागि भनेर भएका मधेस आन्दोलनमा आफुहरु जेलसमेत गएकाे भन्दै सर्राफले भने, बुबा आमा नेपाली नागरिक अनि छाेराछाेरी भने अनागरिक ? याे कहाँकाे न्याय हाे ? यसकाे जवाफ कसले दिने ? ।
आन्दोलनमा सहभागीहरुलाई निराश नबन्न आग्रह गर्दै सर्राफले जनमत पार्टी ले सडकदेखि सदनसम्म नागिरकताकाे विषय उठाइरहेकाे बताए ।जारी आन्दोलनले लक्ष्य प्राप्त नगरेसम्म जनमत पार्टी याे आन्दोलनमा साथमा रहने र राज्यलाई नागरिकताकाे समस्या समाधानकालागि झुकाइ छाड्ने जिकिरपनि गरे ।
The post काठमाडौंमा जारी नागरिकताविहिनहरुकाे आन्दोलनमा जनमतका पर्सा संयाेजक सर्राफकाे पनि समर्थन appeared first on Madhes Khabar.