औद्योगिक करिडोरमा करको दरमा एकरुपता ल्याउने वीरगन्जसहित तीन पालिकाको तयारी

वीरगन्ज, १९ जेष्ठ : वीरगन्ज पथलैया औद्योगिक क्षेत्रमा पर्ने तीनै वटा स्थानीय तहले आउँदो आर्थिक वर्षबाट करको दरमा एकरुपता ल्याउन गृहकार्य सुरु गरेका छन् ।पर्साको वीरगन्ज महानगरपालिका तथा बाराको जितपुर सिमरा उपमहानगरपालिका र परवानीपुर गाँउपालिकाले करको दरमा एकरुपता ल्याउन गृहकार्य सुरु गरेका हुन् ।

वीरगन्ज महानगरपालिकाको पहलमा बिहीबार साँझ तीनै स्थानीय तहका प्रमुखबीच भएको बैठकले करको दर र आयका शीर्षकमा एक रुपता ल्याउने निर्णय गर्दै त्यसका लागि कार्यदल बनाएको छ ।वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले औद्योगिक करिडोरमा पर्ने तीनै वटा सरकारले यहाँका उद्योगि व्यवसायी तथा स्थानीयको सहजताका लागि करको दरमा एक रुपता ल्याउन खोजिएको बताए।

बैठकले आयका शीर्षक र करको दरमा एक रुपता ल्याउन वीरगन्ज महानगरपालिकाका राजश्व शाखा प्रमुख मनोज कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।समितिमा जितपुर सिमरा उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख रामप्रसाद शर्मा र परवानीपुर गाउँपालिकाका राजश्व शाखा प्रमुख कृष्णप्रसाद यादब सदस्य रहेका छन् ।

कार्यदलले औद्योगिक कोरिडोरमा कुन विषयमा कति कर लगाउन मुनासिब देखिन्छ भन्ने बारे अध्ययन गरेर तीन दिन भित्र प्रतिबेदन बुझाउने जिम्मेवारी पाएको छ ।कार्यदलले अध्ययन गरेर प्रतिबेदन दिएपछि पुनः बैठक बसेर त्यस बारेमा निर्णय लिइने मेयर सिंहले बताए ।

मेयर सिंहको अध्यक्षतामा बसेको बैठकमा जितपुर सिमरा उपमहानगरका मेयर राजन पौडेल, वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, जितपुरसिमराका उपमेयर भोला प्रसाद अधिकारी, परवानिपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री प्रसाद कुर्मी, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल लगायत तीनै वटा स्थानीय तहका राजश्व शाखाका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

The post औद्योगिक करिडोरमा करको दरमा एकरुपता ल्याउने वीरगन्जसहित तीन पालिकाको तयारी appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: औद्योगिक करिडोरमा करको दरमा एकरुपता ल्याउने वीरगन्जसहित तीन पालिकाको तयारी
औद्योगिक करिडोरमा करको दरमा एकरुपता ल्याउने वीरगन्जसहित तीन पालिकाको तयारी
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/06/meeting-birgunj.jpg?resize=1024%2C460&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/06/blog-post_2.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/06/blog-post_2.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy