वीरगन्जमा प्रदेश सरकारले अधिकांश काम अलपत्र छाडेकाे मेयर सिंहकाे गुनासाे

वीरगन्ज, ४ जेष्ठ:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले समाजमा रहेका विकृति विसंगति हटाउन पनि युवाहरुले राजनीतिमा सकृय सहभागिता जनाउनु पर्नेमा जोड दिएका छन् ।

रेडियो वीरगन्ज र टिभी वीरगन्जले बिहीबार मुनलाईट मा.वि.मा आयोजना गरेको ‘नयाँ पुस्तासँग मेयर’ संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मेयर सिंहले वीरगन्जलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आफू लागि परेको बताए ।

उनले वीरगन्जलाई नयाँ पुस्ताले चाहेको जस्तै शहर बनाउने बाटोमा आफूहरु अग्रसर रहेको बताउँदै महानगरले अहिलेसम्म गरेका कामहरुको मुल्यांकन गर्दै आवश्यक सुझावसहित त्रुटीहरु औँल्याइदिन पनि आग्रह गरे ।

मेयर सिंहले वीरगन्जको मितेरी पुलदेखि परवानीपुरसम्म घुम्ने र रमाउने खालका स्थानहरु निर्माणको अन्तिम तयारीमा महानगर जुटेको बताउँदै मुख्य सडक मात्रै नभएर गल्ली र अन्य स्थानका सबै सडकहरुलाई सुन्दर बनाउने योजना महानगरको रहेको पनि बताए ।

महानगर अन्तर्गतका चार वटा सामुदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम लागु गरिएको बताउँदै उनले नयाँ शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रको सुदृढीकरणमा महानगर लागि परेको जानकारी दिए ।

निजी विद्यालयको महंगो शुल्क तिर्नु भन्दा सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट महानगरले निःशुल्क पठन पाठनको व्यवस्था मिलाएको हुँदा बालबालिकालाई सरकारी विद्यालयमा पढाउन उनले आग्रह समेत गरे ।

मेयर सिंहले राम्रो उद्देश्यले कतिपय काम गर्दा मुद्दा मामिलामा अल्झिनु परेको गुनासो गर्दै नगवा पोखरीको सौन्दर्यकरणको काम प्रदेश सरकारले शुरु गरी अलपत्र छाडेकोमा गुनासो गरे ।

उनले प्रदेश सरकार र केन्द्र सरकारले अधिकांश काम वीरगन्जमा अधुरै छाड्दा यसको अपजस महानगरले खेप्नु परेको भन्दै नगरवासीलाई महानगरको बाध्यता बुझि दिन आग्रह समेत गरे ।

मेयर सिंहले विद्यालयमा ठूलो संख्यामा बालबालिकाको आमा, हजुरआमा लगायतका अभिभावकहरु उपस्थित भएपछि बालबालिकालाई खाजा खुवाई रहेको स्थानमा पुगेर उनिहरुको गुनासो समेत सुनेका थिए।अधिकांशले निजी विद्यालयमा पढाउँदा पनि ट्युशन तथा कोचिङ्ग क्लास लिन विद्यालयले बाध्य पार्ने गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध नगराएको लगायतका गुनासो गरेका थिए ।

मुनलाईट माविका प्राचार्य श्याम केसीको अध्यक्षतामा सम्पन्न ‘नयाँ पुस्तासँग मेयर’ संवाद कार्यक्रमको सहजिकरण रेडियो वीरगन्ज एवं टिभी वीरगन्जका कार्यकारी अध्यक्ष ध्रुव साहले गरेका थिए ।

The post वीरगन्जमा प्रदेश सरकारले अधिकांश काम अलपत्र छाडेकाे मेयर सिंहकाे गुनासाे appeared first on Madhes Khabar.



neelambads
Name

news,1694,अन्तर्राष्ट्रिय,18,आलेख,18,उत्थान इपेपर,18,कृषि–अर्थ,18,खेलकूद,18,जानकारी,18,प्रमुख समाचार,18,बेलाबखतको बोली,18,
ltr
item
utthan weekly: वीरगन्जमा प्रदेश सरकारले अधिकांश काम अलपत्र छाडेकाे मेयर सिंहकाे गुनासाे
वीरगन्जमा प्रदेश सरकारले अधिकांश काम अलपत्र छाडेकाे मेयर सिंहकाे गुनासाे
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/IMG-20230518-WA0024.jpg?resize=1280%2C960&ssl=1
utthan weekly
https://www.utthan.com.np/2023/05/blog-post_80.html
https://www.utthan.com.np/
https://www.utthan.com.np/
https://www.utthan.com.np/2023/05/blog-post_80.html
true
4826566771536823364
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy